Subscribe Us

उखु किसान र सरकारबीच पाँच बुँदे सहमति ; आन्दोलनका स्थगित

काठमाण्डौँ ।  उखु किसान र सरकारबीच पाँच बुँदे सहमति भएको छ। उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टको पहलमा भएको वार्तामा पाँच बुँदे सहमति भएको हो।


 माघ ७ गतेभित्र उखु किसानको सम्पूर्ण बक्यौता रकम चिनी उद्योगीले भुक्तानी गर्नेगरी मन्त्रालयले सहजीकरण गर्नेछ।

त्यस्तै उखुको उत्पादकत्व बढाउने, किसानलाई समयमै मल, बीउ लगायत मेसिन उपलव्ध गराउने, नेपाली चिनी उद्योगलाई आत्मनिर्भर बनाउन पहल गर्ने सहमति भएको छ।

भुक्तानीका लागि काठमाडौंमा आइ आन्दोलन गरेका किसानले आजैबाट आन्दोलनका गतिविधि स्थगित गर्ने सहमति भएको छ।

Post a Comment

0 Comments