Subscribe Us

कारवाही गर्नु पर्ने डाः सिंहलाई एआईजी पद पुरस्कृत

काठमाडौं । मुलुकी अपराध फौजदारी संहिता अनुसार एक बर्ष देखी दुई बर्ष सम्म कैद तथा ५० हजार देखी एक लाख सम्म जरिवाना हुन सक्ने अपराधमा मुछिएको व्यक्तिलाई सरकाले एआईजी पदमा बढुवा सिफारिस गरेको पाईएको छ । 
पाँउदै नपाएको चिन्ह पाएको झै अरुलाई बिश्वास दिलाउने मनसायले नेपाल प्रहरी अस्पतालको प्राविधिक एआइजी डा. आशा सिंहले यस्तो दुई चिन्हको दुरुपयोग गरेको पाईएको हो ।

उनले पोशाकमा पाउँदै नपाएको गोदाबा र यूयन मेडल झुण्डाएकी छिन । जुन अपराधमा डाः सिहलाई दुई बर्ष सम्म कैद र एक लाख रुपैंया सम्म जरिवाना हुन सक्छ ।
उनको यो हर्कतले बढुवा सिफारिस समेत विवादमा परेको छ । स्रोतका अनुसार उनले यो चिन्हको तिन बर्षदेखी दुरुप्रयोग गर्दै आएकी छिन । उनको बिभिन्न कार्यक्रममा खिचिएका सयौं फोटो तथा भिडियोमा उनको पोशाकमा उक्त गोदबा र यूयन मेडल झुण्डीएको भेटिन्छ ।

कारवाहीको दायरमा ल्याउने पर्ने डाः सिंहलाई प्रहरी अस्पतालको प्रमुख तथा एआजीमा बढुवा सिफारिस गरेपछि उनि बिरुद्ध कारवाहीको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी समेत परेको छ । डा. सिंहले संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा सहभागी नभई त्यसको लोगो तथा नेपाल सरकारले प्रदान गर्ने पदक नपाई पदकको समेत दुरुपयोग गरेको बिषयलाई छानबिन गर्न माग गर्दै आगोगमा उजुरी परेको हो ।

सिंहले कार्यालय पोसाकमै सुडान मिसनमा सहभागी भएबापत प्रदान गरिने पदक तथा गोदबा लगाएको भेटिएको छ । युनाइटेड नेसन्स मिसन इन सुडान (अनमिस) बाट प्राप्त हुने पदक सिंहले लगाएकी छिन । सरकारले प्रदान गर्ने पदक पाएबापत प्रहरी नियमावलीमा २ नम्बर पाउने व्यवस्था भएकाले सो पदकको पनि नम्बर जोडिएको सो उजुरीमा उल्लेख छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरीमा भने पदक दुरुपयोगबारे अनुसन्धान गर्न माग गरिएको छ। आयोगमा परेको उजुरीअनुसार उनलाई पदक दुरुपयोग गरेकोमा कानुनी कारवाहीको माग पनि गरिएको छ। यदि उनले चिन्ह दुरुपयोग गरेको पुष्टि भए फौजदारी संहिता अनुसार सरकारी कर्मचारीको हकमा कसुरको मात्रा अनुसार एक वर्षदेखि दुई वर्षसम्म कैद र ५० हजार देखी एक लाख सम्म जरिवाना हुनसक्छ।



Post a Comment

0 Comments