Subscribe Us

सल्यानमा हाइस दुर्घटना : १८ घाइते, पाँचको अवस्था गम्भीर

दाङ  ।  सल्यानमा हाइस दुर्घटना हुँदा १८ यात्रू घाइते भएका छन् ।

 सुर्खेतबाट बिहीबार बिहान जाजरकोटको लागि छुटेको काक्रेबिहार यातायातको भे १ ख २५७३ नम्बरको  हाइस छिन्चु जाजरकोट सडकखण्डअन्तर्गत सल्यानको बनगाड कुपिण्डे नगरपालिका ११ को बालुवा सङ्ग्रहीमा दुर्घटना भएको हो ।

हाइस सडकभन्दा १५० मिटर तल खेतमा खसेको सल्यान प्रहरीले जनाएको छ। घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर छ ।घाइते सबैजनालाई उपचारका लागि नेपालगन्ज लगिएको छ।

Post a Comment

0 Comments