Subscribe Us

राष्ट्रियसभा चुनाव : आज रातिबाट मौन अवधि सुरु

 काठमाडौं । माघ नौँ गते  हुने राष्ट्रियसभा निर्वाचनको मौन अवधि आज रातिबाट सुरु हुने भएको छ ।

 सोमबार राति १२ पछि दल तथा तिनका उम्मेदवारको मौन अवधि सुरु हुने निर्वाचन आयोगले जनाएका छ ।

राष्ट्रियसभाको रिक्त हुन लागेका १८ सिटका लागि यही माघ ९ गते बिहीबार निर्वाचन हुँदैछ ।




निर्वाचन आचारसंहितामा निर्वाचनको ४८ घण्टाअघिदेखि प्रचार प्रसार गर्न नपाइने उल्लेख छ । आयोगका अनुसार, सञ्चारमाध्यमले पनि यो अवधिमा दल र तिनका उम्मेदवारको पक्षमा प्रचार गर्न पाउँदैनन् ।



सातवटै प्रदेशमा हुने निर्वाचनमा प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुख मतजायर गरेर राष्ट्रियसभाका भावी सदस्य छनोट गर्नेछन् ।

Post a Comment

0 Comments