काठमाडौँ । अन्तर्राष्ट्रिय गैरसरकारी संस्था ट्रान्सपरेन्सी इन्टरनेसनलले सार्वजनिक गरेको करप्सन पर्सेप्सन इन्डेक्स २०१९ ले नेपालमा भ्रष्टाचार घट्दो अवस्थामा देखाएको छ ।
ट्रान्सपरेन्सी इन्टरनेसनलका अनुसार नेपाल ३४ अंकका साथ १ सय १३ औं स्थानमा उक्लिएको हो ।
गत वर्ष नेपाल ३१ अंकसहित १ सय २४ औं स्थानमा थियो।
कम भष्ट्रचार हुने देशको सूचीमा न्युजिल्याण्ड र डेनमार्क पहिलो स्थानमा रहेका छन् । न्युजिल्याण्ड र डेनमार्कले समान ८७ अकं प्राप्त गरेका छन् । त्यसैगरी ट्रान्सपरेन्सी इन्टरनेसनलका अनुसार सोमालियामा बढी भष्ट्रचार हुने गरेको उल्लेख छ ।
दक्षिण एसियाको अवस्था कस्तो ?
देश स्थान अकं
भुटान २५ ६८
भारत ८० ४१
श्रिलंका ९३ ३८
नेपाल ११३ ३२
पाकिस्तान १२० ३०
माल्दिभ्स १३० २९
बंगलादेश १४६ २६
अफ्गान्स्तान १७३ १६
0 Comments