Subscribe Us

गायिका आस्था राउत पक्राउ

काठमाण्डौँ । अभद्र व्यवहारसम्बन्धी कसूर गरेको आरोप खेपिरहेकी गायिका आस्था राउतलाई प्रहरीले पक्राउ गरेको छ ।

 त्रिभुवन विमानस्थलमा कार्यरत प्रहरी जवान रमिशा श्रेष्ठले दिएको प्रहरी प्रतिवेदनको आधारमा उनलाई पक्राउ गरिएको हो ।

ड्युटीमा बसेकी प्रहरीले विनाकारण गालीबेइज्जती गरेको भन्दै प्रहरीमा उजुरी दिएपछि आस्था त्यसयता भारतबाट फर्केकि थिइनन् । फर्केलगत्तै सोमबार बिहान उनका आफन्तले प्रहरी परिसर लगेका थिए । अनुसन्धानका लागि भन्दै परिसरबाटै प्रहरीले गायिका राउतलाई नियन्त्रणमा लिएको हो ।

मेडिकल चेकजाँपछि राउतलाई म्याद थप गरिने काठमाडौं प्रहरी परिसरका प्रहरी उपरीक्षक एसपी अशोक सिंहले जानकारी दिए । करिब दुई साताअघि एउटा कार्यक्रमका लागि भारतको सिक्कीम जाने क्रममा विमानस्थलमा आफूमाथि अपमान भएको भन्दै सामाजिक सञ्जालमार्फत प्रहरीमाथि तल्लो स्तरको गाली दिएकी थिइन् ।



Post a Comment

0 Comments