Subscribe Us

कांग्रेसले छान्यो राष्ट्रियसभा सदस्य उम्मेदवार

काठमाण्डौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आगामी माघ ९ गते   हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि पार्टीबाट उम्मेदवार छानेको छ।


पार्टी केन्द्रीय समितिले दिएको जिम्मेवारीअनुसार शनिबार विहान बसेको कांग्रेस पदाधिकारी बैठकले १४ जना उम्मेदवारको नाम टुंगो लगाएको छ। बाँकी २ उम्मेदवारको नाम शनिबार साँझसम्म टुंगो लाग्ने कांग्रेसले जनाएको छ।

रिक्त १८ पदमध्ये कांग्रेसले प्रदेश नम्बर २ मा समाजवादी पार्टीसँग तालमेल गर्दै दुई पद छाडेको छ। कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार पदाधिकारी बैठकले उम्मेदवार छानेको हो।

‘बाँकी २ जना उम्मेदवारको नाम पनि टुंगो लागेपछि औपचारिक रूपमा निर्णय सार्वजनिक हुन्छ,’ उनले भने।  आइतबार मनोनयन दर्ता गर्ने आयोगको कार्यतालिका छ।


यी हुन् कांग्रेस उम्मेदवारस्

प्रदेश नम्बर १ ;

पाँचथरका निरबहादुर विश्वकर्मा (दलिततर्फ)

सुनसरीकी मीना पुलामी मगर (महिला)


झापाका राजेन्द्र घिमिरे (अन्य)



प्रदेश नम्बर २ ;

महोत्तरीकी नगिना यादव (महिला)

धनुषाका भोला पन्जियार (अल्पसंख्यरअपांगता)



प्रदेश नम्बर ३ ;

सिन्धुपाल्चोकका हरिशरण श्रेष्ठ (अन्य)

चितवनकी छलीकुमारी शर्मा उपाध्याय (महिला)



गण्डकी प्रदेश

स्याङ्जाका सूर्यप्रसाद रेग्मी (अन्य)

म्याग्दीकी विमला गौचन (महिला)



प्रदेश नम्बर ५

अर्घाखाँचीका बालकृष्ण पाण्डे (अन्य)

दाङकी गिरिजा न्यौपाने (महिला)

बाँकेकी मेराज हलवाई (अल्पसंख्यकरअपाङ्गता)



कर्णाली प्रदेश उम्मेदवार टुंग्याउन बाँकी



सुदुरपश्चिम प्रदेश

बैतडीका प्रताप ठगुन्ना (अन्य)

कैलालीकी तुलसी देवकोटा (महिला)

Post a Comment

0 Comments