Subscribe Us

सिन्धुलीमा माइक्रोबस दुर्घटना;एकको मृत्यु, १० घाइते

सिन्धुली ।   विपी राजमार्गअन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका २ ढुङ्ग्रेभञ्ज्याङमा आइतबार माइक्रोबस दुर्घटना हुँदा चालको मृत्यु भएको छ भने अन्य १० जना घाइते भएका छन् ।



झापाबाट काठमाडौं जाँदै गरेको बा ४ ख ६९६ नंम्बरको माइक्रोबस तीव्र गतीका कारण दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

दुर्घटनामा माइक्रोबसका चालक   ३८ वर्षीय मोहन मर्हजनको घटना स्थलमै मृत्यु भएको छ  ।

दुर्घटनामा चागुनारायण नगरपालिका ४ भक्तपुर घरभई भैरव दल गण पाँचथरमा कार्यरत ९जम्दार० वर्ष ३५ धर्मराज थापा र झापाका २७ बर्षिय  खागमाँया खत्री गम्भीर घाइते भएका छन् । उनीहरुलाई  थप उपचारका लागि काठमाण्डौं पठाइएको प्रहरी नायव उपरिक्षक श्यामकुमार खत्रीले जानकारी दिए ।

Post a Comment

0 Comments