Subscribe Us

घूस लिएको अभियोगमा पक्राउ परे प्रहरी

सिरहा । सुखिपुरस्थित इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान राजकुमार यादव घूस लिएको आरोपमा पक्राउ परेका छन् ।
आज बिहान ५ हजार रुपैयाँ घूस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई पक्राउ गरेको हो ।

घरायसी प्रयोजनका लागि भारतीय बजार लदनियाँबाट समान ल्याउन सहयोग गरिदिने भन्दै स्थानीयवासीसँग लिएको घूससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवास महोत्तरीको टोलीले प्रहरी यादवलाई पक्राउ गरेको हो ।
पक्राउ परेका प्रहरी जवान यादवलाई आवश्यक अनुसन्धानका लागि अख्तिया
रको बर्दिवास कार्यालय लगिने अख्तियारले जनाएको छ ।
यसअघि आयोगको टोलीले करिब १९ लाख रुपैयाँ घूससहित लहानस्थित सडक डिभिजन कार्यालयका प्रमुख विनोद शाहसहित तीन इञ्जिनीयरलाई पक्राउ गरेको थियो । रासस

Post a Comment

0 Comments