Subscribe Us

मकवानपुरबाट १० किलो गाँजा सहित २ जना पक्राउ

मकवानपुर । हेटौडा उपमहानगरपालिकाबाट १० किलो १८० ग्राम अवैध लागु औषध गाँजा सहित २ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा सर्लाही जिल्ला हरिपुर नगरपालिका-९ बस्ने २४ वर्षीय रंजित कुमार गुप्ता र सोही ठाँउ बस्ने ३१ वर्षीय बाल कृष्ण गुप्ता रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।


प्रहरीका अनुसार बुधबार हेटौडा उपमहानगरपालिका-१९ स्थित ईलाका प्रहरी कार्यालय नेवारपानी अन्तर्गत पर्ने पूर्व पश्चिम लोकमार्गको सडक खण्डमा विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरको मातहत ईलाका प्रहरी कार्यालय नेवारपानीबाट प्रहरी नायव निरिक्षक राजेश कुमार यादवको कमाण्डमा खटिएको चेकिङ टोलीले मनहरीतर्फबाट हेटौडा तर्फ जाँदै गरेको BR-01CM-6246 नं. को भारतीय नम्बरको कारलाई रोकी कारमा सवार मानिसहरुलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा कारको पछाडीको सिटको बीचमा जेब्रा झोलामा प्लास्टिकमा राखी डोरीले बाँधी २ वटा पोकाहरूमा लुकाई छिपाई ल्याएको १० किलो १८० ग्राम लागू औषध गाँजा फेला पारेको हो ।

Post a Comment

0 Comments