Subscribe Us

ग्वार्कोबाट रेडपाण्डाको छालासहित ३ जना पक्राउ

काठमाडौं । ललितपुरबाट रेडपाण्डाको छालासहित तिन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा जाजरकोट बारेकोट नगरपालिका(५ का २० वर्षीय हेमराज बिक, वडानम्बर ४ का २० वर्षीय तिलक बस्नेत र जाजरकोटकै नलगाड नगरपालिका(५ का २३ वर्षीय राजेन्द्र चुनारा रहेका छन् ।


उनीहरुलाई महानगरीय प्रहरी प्रभाग पुल्चोकबाट खटिएको प्रहरी टोलीले ललितपुर महानगरपालिका(१७ ग्वार्कोबाट नियन्त्रणमा लिएको हो ।

पक्राउ परेकाहरुबाट रेडपाण्डाको एक थान छाला बरामद गरिएको प्रहरीले जनाएको छ ।

Post a Comment

0 Comments