Subscribe Us

बोराले च्यापिएर रुपन्देहीमा एकै परिवारका चार सदस्यको मृत्यु

रुपन्देही ।  बोराले च्यापिएर रुपन्देहीमा एकै परिवारका चार सदस्यहरुको  मृत्यु भएको छ ।

बोराको थुप्रोले च्यापिएर भारत बिहारका ३० वर्षीय सहजाद हुसेन, उनकी श्रीमती २८ वर्षीया सद्धव खातुन, ६ वर्षीय छोरा सुल्तान रजा र २ वर्षीया छोरी सहिना खातुनको मृत्यु भएको हो ।


रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–६ पिपरहियामा आफैले संकलन गरेर राखेको बोराले च्यापेर  बिहान उनीहरुलाई  मृत अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।
 बोराले थिच्दा उनीहरुको निसास्सिएर मृत्यु भएको आशंका गरिएको प्रहरीले जनाएको छ। उनीहरुको शव पोस्टमार्टमका लागि भैरहवास्थित भीम अस्पतालमा राखिएको छ।

Post a Comment

0 Comments