Subscribe Us

चिठ्ठाका नाममा ४९ लाख ठगी गरेको आरोपमा मोरङबाट ५ जना पक्राउ

मोरङ।  अमन समाज नेपालका नाममा चिट्ठा योजना सञ्चालन गरी करिब ४९ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रंगेली नगरपालिका– ६ नयाँटोल बस्ने २२ वर्षीय कम्लेशकुमार मण्डल, जहदा गाउँपालिका – ७ बस्ने ४५ वर्षीय राजेशकुमार साह, ३० वर्षीय किसनदेव साह, श्रवणकुमार महतो र सूर्यनारायण महतो रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ  ।




प्रहरीका अनुसार पाँच जनाको समूहले ३० किस्ता बनाइ प्रत्येक किस्तामा ३८० रुपैयाँका दरले सर्वसाधरणबाट रकम असुल गर्दै महिनामा दुई पटक चिट्ठा खोल्दै आएका थिए । बम्पर पुरस्कार कारर,मोटरसाइकल देखाएर सञ्चालकहरुले पंखा,  मोबाइल, कुकर जस्ता सामाग्री चिट्ठामा पार्दै आएका थिए ।

Post a Comment

0 Comments