Subscribe Us

टर्कीमा शक्तिशाली भूकम्प; १८को मृत्यू, सयौँ घाईते

काठमाडौं । टर्कीमा शक्तिशाली भूकम्प जादा १८ जनाको मृत्यु भएको छ भने सयौं घाइते भएका छन् ।

६.८ म्याग्निच्युड मापन गरिएको भूकम्प एलाजिग प्रान्तको सिभ्रिस सहरलाई केन्द्रविन्दु भएर गएको थियो । भूकम्प शनिबार बिहान स्थानीय समय अनुसार ८ बजेर ५५ मिनेट जाँदा महसुस भएको हो ।

भूकम्पको धक्का छिमेकी सिरिया, लेबनान र इरानसम्म महसुस भएको बताइएको छ ।

टर्कीमा भूकम्प स्वभाविक मानिन्छ । सन् १९९९ मा यहाँ गएको भूकम्पमा परी १७ हजार मानिसको ज्यान गएको थियो ।


Post a Comment

0 Comments