Subscribe Us

करै नतिरेको क्यासिनोको कथा ; याक एण्ड यतिमा रहेको रोयल क्यासिनोमा बुधबार ताला लाग्ने

- रोयल क्यासिनोले यसअघि नै तिर्नुपर्ने १४ करोड ५४ लाख रुपैयाँ हर्जना समेत १७ करोड रुपैयाँ नाघिसकेको छ

काठमाडौं । चार बर्षदेखि अदालतको अन्तरिम आदेशको भरमा चलेको क्यासिनो रोयल बुधवारबाट बन्द हुने भएको छ । याक एण्ड यतिसम्मको घर बाहल करार सम्झौताको समय सकिएसँगै अदालतको अन्तरिम आदेश पनि सकिने हुँदा क्यासिनो रोयल बन्द हुने भएको हो ।

पाँच बर्ष अगाडी होटल र गिल्ट इन्भेष्टमेन्ट प्रालिबीच रोयल क्यासिनो चलाउने सम्झौता भएको थियो । तर क्यासिनोले करार बमोजिम भाडा र कर चुक्ता नगरेपछि होटल र क्यासिनो सञ्चालक बीच लफडा सुरु भएको थियो ।

होटलले क्यासिनो बन्द गर्न सूचना दिएपछि तत्कालिन क्यासिनो सञ्चालक सुरेन्द्रबाहादुर सिंहले अदालतबाट ‘स्टे अर्डर’ अर्थात् अन्तरिम आदेश जारी गराई करार समयसम्म क्यासिनो चलाउन दिने आदेश गराएका थिए । अहिले उक्त क्यासिनो सिंहले बिक्री गरिसकेका छन् । सिंह पछि उक्त क्यासिनो भा
रतिय नागरिक आषिश पटेलले खरिद गरी नेपाली नागरिक जयन्ती थापाको नाममा राखेका थिए ।

कर चुक्ता नभएको हुँदा रोयल क्यासिनो कागजमा मात्र खरिद बिक्री हुदैँआएको छ । जयन्तीको नामबाट सो क्यासिनो ६ महिना अगाडि अनिश शर्मा भन्ने गोकर्ण लामिछानेको नाममा आएको स्रोत बताउँछ । अहिले रोयल क्यासिनो अनिश शर्माले चलाउँदै आएका छन् । उनले पनि कर, भाडा र कर्मचारीका तलब भने दिएका छैनन् । स्रोतका अनुसार तीन महिनादेखि रोयलका कर्मचारीले तलब पाएका छैनन् ।

तर अनिशको समूहले क्यासिनोका नाममा होटल मालिकलाई तर्साउन केही गुण्डा र प्रहरीलाई शेयर बिक्री गरेको हल्ला बजारमा चलाएका छन् । होटलले बुधवारबाट क्यासिनोमा ताला लगाउने तयारी गरेको छ । स्रोतका अनुसार श्रीलंकाको बिलिज कम्पनीलाई क्यासिनो दिने तयारीमा होटल छ । सोही कम्पनीले नेपालको मल्ल होटलमा पनि क्यासिनो बेलिज दुई बर्षदेखि सञ्चालन गर्दै आएको छ । गिल्ट इन्भेष्टमेन्टका सुरेन्द्र बहादुर सिंहले करोडौ रुपैंया कर चुक्ता नै नगरी कम्पनी रजिस्ट्रारमा मोटो रकमको चलखेल गर्दै जयन्तीको नाममा शेयर नामसारी गरिदिएको स्रोत बताउँछ ।


सिंहले क्यासिनो जयन्ती थापालाई बेचेको भनी होटल सञ्चालक राधेश्याम सर्राफलाई जानकारी गराउँदा सर्राफले कर चुक्ताको कागज मागेको तर सिंहले पछि दिउँला भनी झुक्याएको समेत स्रोतको दाबी छ । रोयल क्यासिनोले यसअघि नै तिर्नुपर्ने १४ करोड ५४ लाख रुपैयाँ हर्जना समेत १७ करोड रुपैयाँ नाघिसकेको छ । त्यसमा अहिलेको १३ करोड २८ लाख रुपैयाँ थप्दा बक्यौता रकम ३० करोड रुपैयाँभन्दा बढी भइसकेको छ । ३१ करोड रुपैयाँ रोयल्टी बक्यौता रहेको कम्पनीको कर चुक्ता नगराई नामसारी गरिनुले सुरेन्द्रबहादुर सिंह र कम्पनी रजिस्ट्रारको कार्यालयका कर्मचारीबीच छानबिन हुन आबाश्यक छ ।

Post a Comment

0 Comments