Subscribe Us

सुनसरीमा सवारी दुर्घटना, चार यात्रूहरुको मृत्यु

सुनसरी । सुनसरीको रामधुनी - २ मा सवारी दुर्घटना हुँदा चार यात्रूहरुको  मृत्यु भएको छ।

मोरङबाट आएको बा ५ ख ३१५७ नम्बरको यात्रुवाहक सवारी विपरीत दिशाबाट आउदै गरेको ना ६ ख ७९५ नम्बरको बससँग ठोक्किएर दुर्घटना भएको जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रवक्ता चिरञ्जिवी गिरीले जानकारी दिए।

दुर्घटनामा ९ जना घाइते भएका छन्। घाइते सबैको उपचार इटहरी र बिराट नर्सिङ अस्पताल विराटनगरमा भइरहेको छ।


Post a Comment

0 Comments