Subscribe Us

गृह मन्त्रालयले परिवर्तन गर्यौ १७ जिल्लाका सिडिओ

काठमाण्डौँ । गृह मन्त्रालयले १७ जिल्लामा प्रमुख जिल्ला अधिकारी (सिडिओ) परिवर्तन गरेको छ।


गृहमन्त्री रामबहादुर थापाले  आइतबार मन्त्रीस्तरीय निर्णय गरेर मन्त्रालयमा १७ सहसचिव र १७ जना उपसचिवको सरूवा गरेका हुन्।

 बाग्लुङ, इलाम , गोरखा, कञ्चनपुर, पर्सा, काभ्रे, पाल्पा,  सिन्धुपाल्चोक, नवलपरासी पूर्व, रामेछाप, खोटाङ, सल्यान, डडेल्धुरा, सुर्खेत, मुगु, भोजपुर, डोल्पामा सिडिओ फेरिएका हुन्।
इलाममा तुलसीराम सेढाईं, बाग्लुङमा गौलोचन सैंजु, गोरखामा सुरेन्द्र पौडेल, कञ्चनपुरमा नुरहरि खतिवडा, पाल्पामा यादव सुवेदी,  पर्सामा विष्णुकुमार कार्की, काभ्रेमा श्रवणकुमार तिमिल्सेना, सिन्धुपाल्चोक उमेशकुमार ढकाल,  सुर्खेतमा रमेश न्यौपाने,  नवलपरासी पूर्वमा पिताम्बर घिमिरे र रामेछापमा रूद्रादेवी शर्माको काज सरूवा भएको छ।

त्यस्तै खोटाङमा शालिग्राम शर्मा पौडेल, सल्यानमा शिवराम पोखरेल, डडेल्धुरामा जगनाथ पन्त, मुगुमा कृष्णकुमार निरौला,  भोजपुरमा बसन्तराज पुरी, डोल्पामा सुरेश सुनार नयाँ सिडिओ भएका छन्।




Post a Comment

0 Comments