Subscribe Us

नयाँ बसपार्कमा कार तोडफोड गर्ने थमबहादुर थापा पक्राउ


काठमाडौँ, ७ फागुन । नेपाल प्रहरीले कार तोडफोड कार्यमा सङ्लग्न एकजनालाई पक्राउ गरेको छ ।

प्रहरीले काठमाडौँ महानगरपालिका–२६ मित्रनगरस्थित सडकमा रोखेर राखेको बा २० च ४००३ नम्बरको सुजुकी ब्रेज कार तोडफोड गर्ने चितवनका भरतपुर महानगरपालिका–२ का ३३ वर्षीय थमबहादुर थापालाई आज विहान पक्राउ गरेको हो ।

महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कका प्रमुख, प्रहरी निरीक्षक सन्तोषकुमार दाहालले मित्रनगर विकास तथा सुधार समितिका वरिष्ठ उपाध्यक्ष दिपककुमार सिंखडाको कार तोडफोड गरेको आरोपमा थापालाई पक्राउ गरिएको जानकारी दिनुभयो ।

“व्यक्तिगत रिसिइबीका कारण थापाले सिंखडाको कारमा तोडफोड गरेको अनुसन्धानमा खुल्न आएको छ,”–उहाँले भन्नुभयो । पक्राउ परेका थापा नयाँ बसपार्कमा रेष्टुरेन्ट चलाएर गुण्डागर्दी कार्यमा संलग्न रहँदै आएका थिए ।
पक्राउ परेका थापालाई मुद्धा दर्ता गरेर अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।

Post a Comment

0 Comments