Subscribe Us

अज्ञात व्यक्तिले क्यासिनो सञ्चालन गरेको होटलको आरोप,
कसले दियो रोयललाई संरक्षण ?

काठमाडौं । याक एण्ड यती होटलमा सञ्चालित रोयल क्यासिनो २० माघबाट कानुनतः अबैध भएको छ । 

अदालतको ‘स्टे अर्डर’को भरमा सञ्चालित क्यासिनो रोयल होटलसँगको करार सम्झौता सकिएसँगै अवैध भएको हो । तर गुन्डागर्दी शैलीमा क्यासिनो सञ्चालन गरिँदै आएको छ । 

लाईसेन्स पाँच बर्ष अगाडि खारेज भए पनि सर्वोच्च अदालतको अन्तरिम आदेशको भरमा क्यासिनो सञ्चालन हँुदै आएको थियो । घर बहाल करार नाममा समयसीमासम्म ‘क्यासिनो चलाउन दिनू’ भन्ने अदालतको आदेशअनुसार  चार बर्षदेखि घर भाडा, ट्याक्स तथा कर्मचारीको तलब समेत चुक्ता नगरी सञ्चालन हुँदै आएको थियो । 

२० माघमा होटलसँगको करार सम्झौता सकिए पनि केही आपराधिक समूहले होटललाई मात्र नभइ राज्यको नियम कानुनलाई नै धोती लगाउँदै सञ्चालन गर्दै आएका छन् । होटल याक एण्ड यतीले घर खाली गर्न राज्यको बिभिन्न निकायलाई लिखित निबेदन दिएको थियो । तर कतैबाट सुनवाई भएको छैन । क्यासिनो रोयल भने सञ्चालन हुँदै आएको छ । केही भ्रष्ट प्रहरी र नेताको साँठगाँठमा अवैध तरिकाले सञ्चालान हुँदै आएको होटल स्रोत बताउँछ । 

पाँच बर्षदेखि क्यासिनो सञ्चालन गर्दै आएको गिल्ट इन्भेष्टमेन्ट प्रालीको सम्झौता सकिएको थियो । सोही सम्झौताको आधारमा गिल्ट इन्भेष्टमेन्टले कानुनको कमजोरीको फाईदा उठाउँदै सर्वोच्च अदालतबाट चार बर्ष अगाडि स्टे अर्डर लिई सञ्चालन गर्दै आएको थियो । 

यस अवधिमा गिल्ट इन्भेष्टमेन्टका आधा दर्जनले क्यासिनो सञ्चालन गरे तर कसैले पनि घर भाडा र कर्मचारीको तलब तथा राज्यलाई तिर्नुपर्ने कर तिरेनन् । चार बर्षसम्म अदालतको आडमा लुटतन्त्र मञ्चाएको गिरोह अहिले त्यहि पैसाले क्यासिनो कब्जा गर्ने रणनीतिमा लागेको स्रोतको दाबी छ ।  

उक्त क्यासिनो सुरेन्द्र सिंहले लामो समय सञ्चालन गरे । उनले बिभिन्न व्यक्तिलाई बैना गर्दै पैसा लिँदै करोडौं रुपैंया लुटेका थिए । भारतीय व्यापारी आशिश पटेलदेखि गोवाका केही टोलीसँग करोडौं रुपैंया लिएका सिंहले एक बर्ष अगाडि पुन पटेललाई नै १५ करोडमा क्यासिनो बेचेका थिए । 

तीन बर्ष रोयल क्यासिनो चलाएका सिंहले याक एण्ड यति होटलसँगै ४० आना जग्गा ६० करोडमा खरिद गरेका छन् । मालपोतमा राजश्व कम तिर्न थैली कम झुण्डाएका सिंहले महालक्ष्मी बैंकमा भने खरिद मुल्य भन्दा बढी ऋण पास गराएका छन् ।  
सुरेन्द्र सिंहदेखि अनिश शर्मा भन्ने गोर्कण लामिछानेले करोडौं रुपैंयाँ राजश्व, घर भाडा र कर्मचारीको तलब भत्ता चुक्ता गरेका छैनन् । करार अवधि सकिए पनि पैसाको पहुँचमा केही प्रहरीको नाम बदनाम गर्दै भारतीय राजदूतावास कार्यालयमा समेत क्यासिनो चलाउन पाँउ भन्दै रोईलो गर्न शर्माको समूह पुगेको थियो । 

स्रोतका अनुसार शर्माले नेपाल प्रहरीका एक पूर्वडिआईजीदेखि केही क्यासिनो माफियालाई बोकेर हिँडेका छन् । शर्माले काठमाडौं प्रहरीका केही बरिष्ठ प्रहरी अधिकृतका नाम समेत बदनाम गर्दै आफूले ६० लाख दिएर प्रहरीमा सेटिङ मिलाको दाबी गर्दै हिँडेको स्रोतले जनायो । 

त्यसो त होटलले एक सूचना जारी गर्दै अज्ञात व्यक्ति र समूहले क्यासिनो सञ्चालन गरेको जानकारीमा आएकाले कानुनसम्मत हिसाबले उक्त कार्य रोक्न भनेको छ । होटलको सूचनामा भनिएको छ,‘क्यासिनो नियमावली २०७० को नियम ३मा इजाजतपत्र नलिई क्यासिनो चलाउन नपाउने पर्यटन मन्त्रालयको नियम उल्लंघन नगर्न अनुरोध गरिन्छ ।’ 

Post a Comment

0 Comments