Subscribe Us

यातायात कार्यालयका अधिकृत घुससहित पक्राउ

काठमाण्डौं । यातायात व्यवस्था सेवा कार्यालय, सानो भर्‍याङ स्वयम्भुमा कार्यरत अधिकृत शिवलाल पौडेल घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले १३ हजार घुससहित पौडेललाई प्रक्राउ गरेको हो । सवारी कर र प्रदूषणबापतको रकम तिर्न पौडेलले सेवाग्राहीबाट घुस लिएको अख्तियारले जनाएको छ ।
अख्तियारले घुस दिने दीपक खतिवडालाई समेत नियन्त्रणमा लिएको छ ।

Post a Comment

0 Comments