Subscribe Us

कुवेत जान लागेका युवक बलात्कारको आरोपमा विमानस्थलबाटै पक्राउ

काठमाण्डौँ । बलात्कारको आरोपमा एक युवक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन्। कुवेत जाने योजनामा  रहेका धादिङ गजुरी ८ बस्नेतगाउँ बस्ने   हेमनसिंह बस्नेत (हरिकृष्ण) पक्राउ परेका हुन्।


हेबी इक्वीपमेन्ट चालक रहेका बस्नेतमाथि बलात्कारको आरोप छ। गत जेठ १४ गते आफ्नै गाउँमा बाटो खन्ने काममा रहेका हेमनले गजुरी हलेदेखोलास्थित स्थानीय १६ वर्षीय युवतीलाई बलात्कार गरेको प्रहरीले जनाएको छ। बोल्न कराउन नसक्ने गरी युवतीको मुख थुनेर हेमनले बलात्कार गरेको प्रहरीको भनाइ छ।

हलेदेखोलास्थित युवतीको घर गई जेठ १४ गते राति ३ बजे हेमनले ढोका फोडेर कोठाभित्र प्रवेश गरी युवतीमाथि बलात्कार गरेको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ।




Post a Comment

0 Comments