Subscribe Us

भ्रष्टाचार गरेको फेला परेमा कुनै हालतमा छाेडिन्न : प्रम ओली

काठमाण्डौ  ।  प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारसँग सम्बन्धित व्यक्तिले भ्रष्टाचार गरेको फेला परेमा कुनै हालतमा नछोड्ने बताएका  छ ।

नेपाल कम्युनिष्ट पार्टी  को केन्द्रीय समिति बैठकको समापन समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले कसैले पनि भ्रष्टाचार नगरोस् भन्ने चाहना भए पनि कोही फेला परेमा कारबाहीको भागीदार हुने बताएक हुन् ।

राष्ट्रियसभा निर्वाचनमा पार्टीले १६ सिट जितेको र नेकपाले समर्थन गरेको दलले पनि २ सिटमा जित हात पारेको प्रशंग उल्लेख गर्दै ओलीले भने ‘यो जितलाई हामीले शिखरका रुपमा लिनुहुन्न । यसलाई प्रारम्भको रुपमा लिनुपर्छ । यो हाम्रो विकासको सिढीँ हो, शिखर होइन ।’

पार्टीको पाँचदिने बैठक उपलब्धिमूलक भएको उल्लेख गर्नुहुँदै आगामी बैठकहरुमा वैचारिक छलफललाई प्राथमिकता दिनुपर्ने बताएका छन् ।

प्रधानमन्त्री ओलीले कोरोना भाइरसको सन्दर्भमा सरकार अत्यन्तै गम्भीर रहेको बताएका छन् ।

Post a Comment

0 Comments