झापा ।   बिर्तामोड नगरपालिका–२ चारपानेस्थित परालको माचमा आगो लगाएर जलाएको अवस्थामा शव फेला परेको छ ।


स्थानीय ऐनकुमार राजवंशीको परालको माचमा शव फेला परेको हो । परालको माचमा सोमबार राति १२ बजेतिर आगो लागेको वडाध्यक्ष नगेन्द्रप्रसार संग्रौलाले जानकारी दिए । बिहान आगो लागेको पराल हेर्न जाँदा वरिपरि रगत देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेको संग्रौलाले बताए ।

आगो लागेको परालको माचदेखि करिब एक सय मिटर पूर्वमा मकै खेतमा पुरुषको लिंग जस्तो देखिने मानव अंग फेला परेको जिल्ला प्रहरीका डीएसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । मृतकको सनाखत हुन नसकेको उनले बताए । घटना रहस्यमय भएकाले नेपाल प्रहरीले तालिम प्राप्त कुकुर ल्याएर अनुसन्धान गरिरहेको छ ।

Post a Comment

 
Top