Subscribe Us

आफ्नै साथीलाई हत्या गरेको आरोपमा दुई अभियूक्त पक्राउ

सुनसरी ।  आफ्नै साथीलाई हत्या गरेको आरोपमा पक्राउ परेका दुई
अभियूक्तलाई आइतबार जिल्ला प्रहरी कार्यालयसुनसरीले सार्वजनिक गरेको छ।

प्रहरीले दस दिनअघि सुनसरी दुहवीमा झापा विर्तामोड वडा नं ५ का २२ वर्षे अभिषेक कट्वालको हत्या गरेको आरोपमा पक्राउ गरेका विराटनगर–१० बस्ने २८ वर्षे विजय कार्की र बुढीगंगा–२ का २२ वर्षे अर्जुन भण्डारीलाई सार्वजनिक गरेको हो। कट्वाललाई माघ ९ गते राति हत्या गरेर चार पाँच दिनपछि खाल्डो खनेर गाडिएको अवस्थामा शव फेला परेको थियो।

हत्या गरिएका कट्वाल र पक्राउ परेका कार्की तथा भण्डारी लागुऔषध प्रयोगकर्ता भएको प्रहरी अनुसन्धानबाट खुलेको छ। कट्वालसँग कार्की र भण्डारीको पुरानो रिसिइबी रहेको र तीनै जना भारतको जोगवनी पुगेर लागुऔषध प्रयोग गरेर फर्केपछि दुहवीमा हत्या गरेको अनुसन्धानबाट खुलेको सुनसरीका डिएसपी विनोद शर्माले भने।

पक्राउ पर्नेका साथबाट प्रहरीले हत्या गरिएका युवकको ज्याकेट र मे १० च ८६७५ नम्बरको स्कुटीसमेत फेला पारेको छ।

Post a Comment

0 Comments