Subscribe Us

सिन्धुलीमा ५५ किलो गाँजासहित ६ युवा पक्राउ

सिन्धुली ।  सिन्धुली प्रहरीले ५५ केजी गाँजासहित ६ जनालाई पक्राउ गरेको छ । हरिहरपुरगढी–७ केमनचुलीको कच्ची सडकबाट तीन वटा मोटरसाइकलमा सर्लाहीतर्फ लैजादै गर्दा गाँजासहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सिन्धलीका  प्रवक्ता डिएसपी श्यामबहादुर खत्रीले जानकारी दिए ।



जिल्ला प्रहरी कार्यालयबाट डिएसपी खत्री र क्यानेश्वर प्रहरी चौकीबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरी सदरमुकाम ल्याएको थियो। उनीहरुले पाँच केजीका ११ वटा पोका बनाएर गाँजा लैजादै गरेको अवस्थामा पक्राउ गरिएको खत्रीले बताए।


पक्राउ पर्नेहरुमा हरिहरपुरगढी गाउँपालिका–७ का १८ वर्षीय सन्तोष स्याङतान र आकास बल, २४ वर्षीय अंकित मोक्तान र २४ वर्षीय सरोज स्याङतान, मरिण गाउँपालिका–२ का ३५ वर्षीय तिलकध्वज मोक्तान र सर्लाहीको वाग्मती नगरपालिकाका २४ वर्षीय श्रवणकुमार वाइवा रहेको डिएसपी खत्रीले जानकारी दिए।

उनीहरुले प्रयोग गरेका ना। ५८ प। ८५१, ना। ४६ प। २३१० र ना।७ प। २४१६ नम्बरका मोटरसाइकल, ६ वटा मोबाइल एवं केही नगद बरामद गरिएको प्रहरीले जनाएको छ।बरामद गरेको एक पोका गाँजाको बजार मूल्य अहिले ५० हजार रुपैंयाँ रहेको डिएसपी खत्रीले बताए।

Post a Comment

0 Comments