Subscribe Us

बाजुरामा रूघाज्वरोको महामारीः दुईको मृत्यु,दर्जन बढी बिरामी

बाजुरा । स्वामीकार्तिक खापर गाँउपालिकामा रूघा, खोकी र ज्वरोले दुई जनाको मृत्यु भएको छ।

मंगलबार बिहान स्वामीकार्तिक खापर गाँउपालिका(१ की अन्दाजी ५५ वर्षकी मिमा खडाराको मृत्यु भएको हो। बुधबार सोही गाँउपालिकाका ७० वर्षजतिका दलबहादुर रावलको मृत्यु भएको हो।


गाउँपालिकामा अन्य भागमा पनि बिरामी रहेको सूचना अधिकारी कुमेरबहादुर शाहीले जानकारी दिए। हिजो र आज गरी दुई जनाको मृत्यु भएको छ, उनले सेतोपाटीसँग भने,१५(२० जनाको उपचार भइरहेको छ विस्तृत विवरण आउन बाँकी छ।

बिरामीहरुको गाउँपालिकाको स्वास्थ चौकीमा उपचार भइरहेको उनले बताए।

Post a Comment

0 Comments