Subscribe Us

सुर्खेतमा बोलेरो दुर्घटनाः एकको मृत्यु, १३ जना घाइते

सुर्खेत । बराहताल गाउँपालिका र वीरेन्द्रनगर नगरपालिका–१४ को सिमाना फेदखोलामा मंगलबार बोलेरो जीप दुर्घटना हुँदा एक जनको मृत्यु भएको छ । दुर्घटनामा १३ जना घाइते भएका छन् ।
कर्णली प्रदेश ००२–००१ ज ००१५ नम्बरको बोलेरो दुर्घटनामा परी बराहताल गाउँपालिका– ७ का ७४ वर्षीय दशरथ शाहीको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख उदयसिंह सिजापतिले बताए ।

सिजापतिका अनुसार १३ जना घाइतेको स्थानीय माया नर्सिङ होम र देउती नर्सिङ होममा उपचार भइरहेको छ । घाइते हुनेहरूमा मोहनसिंह पुलामी, सिर्जना थापा, सुन्नु सुनार, पूर्णिमा सुनार, रेविका सुनार, गौरी शाही, टोपेन्द्र मगर, एलिशा सुनार, करिस्मा सुनार, तेजेन्द्र रोकाया, तुलबहादुर सुनार, कल्पना ठाकुर र अमृता सुनार रहेका छन् ।

Post a Comment

0 Comments