Subscribe Us

ट्याक्टरबाट खसेर एक युवकको मृत्यु

पर्वत । जलजला गाउँपालिका-७ मिलनचोक स्थित मालढुङ्गा बेनी सडक खण्डमा ट्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बागलुङ घर भएका १९ वर्षीय उत्सव थापा मगर रहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।


जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार मालढुङ्गाबाट बेनी तर्फ ईटा लिएर जादै गरेको ध १ त २४२ नम्बरको ट्याक्टरबाट अचानक उक्त ट्याक्टरको सह९चालक मगर खस्न गई घाईते भई उपचारको लागि जिल्ला अस्पताल म्याग्दी पठाईएकोमा उपचारको क्रममा डाक्टरले मृत घोषणा गरेको हो ।

Post a Comment

0 Comments