Subscribe Us

१४ बर्षीया बालिका बलात्कार आरोपमा ‘बाबा’ पक्राउ

काठमाडौं । १४ बर्षकी बालिका बलात्कारको आरोपमा प्रहरीले आफूलाई ‘झण्डा बाबा’ बताउने एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
आशाराम बाबाको चेला बताउने भारत राजस्थान बुन्दी जिल्ला थाना पाटन चिन्ताग्राम पञ्चायत घर भएका ५३ बर्षका रामेश्वर भनिने हरि नारायण शर्मा पक्राउ परेका हुन् ।

उनले बाराको कोल्हवी नगरपालिका–११ रमपूर्वामा घरका सदस्य कोही नभएको मौकामा बालिकाको बलात्कार गरेको प्रहरीको भनाइ छ । शर्मालाई आइतबार साँझ नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

Post a Comment

0 Comments