Subscribe Us

नेपालमा १३ जनालाई परीक्षण गरियो, कोरोनाभाइरस संक्रमण देखिएन: स्वास्थ्य मन्त्री

काठमाण्डौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले अहिलेसम्म नेपालमा १३ जनामा कोरोनाभाइरस संक्रमण भएरनभएको परीक्षण गरिएको बताएका छन्।

आशंका गरिएका १३ जनामा परीक्षण गरे पनि एकजनामा पनि कोरोना संक्रमण नदेखिएको जानकारी मन्त्री ढकालले मंगलबार प्रतिनिधिसभा संसदमा दिएका हुन्।

संसद बैठकको शून्य समयमा सत्ता र प्रतिपक्ष सांसदहरूले कोरोनाभाइरस संक्रमणबारे सरकारले सदनलाई जानकारी दिनुपर्ने आवाज उठाएका थिए।



Post a Comment

0 Comments