Subscribe Us

तिन महिना पश्चात महरा रिहा

काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महरा जेल मुक्त भएका छन् । उनि माथी लगाईएको जबर्जस्ती करणी प्रयासको मुद्दाको अभियोग पुष्टि नभएपछि उनि जेल मुक्त भएका हुन ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश अम्बरराज पौडेलले महरामाथी लगाईएको उक्त अभियोगबाट सफाई दिएका हुन । जबर्जस्ती करणी प्रयासको मुद्दाको अभियोगबाट सफाई पाएसँगै महरा आज जेल मुक्त हुने छन् । 

यस अघि जिल्ला अदालत काठमाडौंले महरालाई पछि हठर बमोजिम हुनीनै हुदा तत्कालि अबस्थामा मुद्दाको पुपक्र्ष गर्दै थुनामा राख्ने आदेश दिएको थियो । 

अदालतको उक्त आदेशसँगै महरा तिन महिना देखी डिल्लीबजार सदर खोरमा थिए । पीडिक भनिएकी रोशनी शाहीले अदालतमा बकपत्र गर्दै महराले आफूलाई कुनै यौन दुब्याहार नगरेको बयान दिएकी स्रोत बताउँछ । 

महराका पक्षमा वरिष्ठ अधिवक्ताहरू लवप्रसाद मैनाली, रमणकुमार श्रेष्ठ, शेरबहादुर केसी, डाः भीमार्जून आचार्य र सविता भण्डारी बराल तथा अधिवक्ताहरू सुशील सापकोटा, मुरारी सापकोटा, डाः दीनमणि पोखरेलले बहस गरेका थिए । १२ असोज आइतबार राति महरा रक्सीको बोतल बोकेर शाहीको तीनकुनेस्थित डेरामा पुगेका थिए । त्यसको भोलिपल्ट शाहीले मिडियालाई महराले आफूमाथि बलात्कार र हातपात गरेको आरोप लगाएकी थिइन् ।

Post a Comment

0 Comments