Subscribe Us

बाबुराम भट्टराईले भेटे महरा, यस्तो विषयमा छलफल

काठमाण्डौं । बलात्कार अभियोगमा डिल्लीबजार कारागारमा थुनामा रहेका पूर्वसभामुख कृष्णबहादुर महरालाई पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले भेटेका छन् ।
दिउँसो ३ बजे कारागार पुगेका भट्टराईले ४ बजेसम्म महरासँग एकान्तमा गफ गरेको स्रोतले जनाएको छ ।

कारागारभित्र रहेका महरासँग भट्टराईले एमसीसी प्रकरण र उनीविरुद्ध चलिरहेको मुद्दाका विषयमा कुराकानी गरेको स्रोतको दाबी छ ।
संसद सचिवालयकी कर्मचारीलाई बलात्कार गरेको अभियोगमा गत १९ असोजमा पक्राउ परेका महरा जिल्ला अदालत काठमाडौं र उच्च अदालत पाटनको आदेशले मुद्दा पुर्पक्षका क्रममा थुनामा परेका हुन् ।
जेलमा रहेका महरालाई भेट्न नेकपा नेता देव गुरुङबाहेक कुनै उच्चतहका नेता कारागार पुगेका थिएनन् ।

Post a Comment

0 Comments