Subscribe Us

चोरीमा संलग्न पूर्वहवल्दार सहितको गिरोह पक्राउ

काठमाडौं । नेपाल प्रहरीका एक जना भगौडा हवल्दार समूह नै बनाएर चोरीमा सक्रिय रहेको पाइएको छ ।
महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुले पूर्वहवल्दार दोलखाका ३० वर्षीय रवि कार्कीलाई चोरी आरोपमा पक्राउ गरेसँगै उनको विभिन्न अपराधिक घटनामा संलग्नता खुलेको हो ।

महाशाखाकाको अनुसार कार्कीसहित भंगालका १९ वर्षीय राजन खनाल र काभ्रेका २० वर्षीय उपेन्द्र खरेल मिलेर चोरीको ग्याङ नै चलाइरहेका थिए । कार्की प्रहरी सेवा छाडेर भागेका थिए ।
यो समूह दिउँसोमै कार लिएर चोरी गर्न हिँड्ने गरेको थियो । पछिल्लो पटक भत्केको पुलमा रहेको बालकुमार थपलियाको घरमा डेरा गरी बस्ने विष्णु कार्कीको कोठामा चोरी गरेपछि यो गिरोह समातिएको महाशाखाले जनाएको छ ।
‘कार्कीको कोठाबाट उनीहरुले २८ पुसमा दुई लाख रुपैयाँ नगद, २० तोला सुनका गहना र सामसुङ कम्पनीको एउटा मोबाइल चोरी गरेका थिए ।
अनुसन्धानका क्रममा उनीहरुले गोकर्णेश्वर–५ मा रहेको निश्चल सुनचाँदी पसलमा गहना बिक्री गरेको खुलेको छ ।
प्रहरीले चोरीको सामान सस्तोमा किनेपछि पसल सञ्चालक खोटाङको रुपाकोट–१२, जालपा घर भइ गोकर्णेश्वर बस्ने ४३ वर्षीय मौलबहादुर विक छन् ।
पक्राउ परेका चारै जनालाई चोरी मुद्दामा जिल्ला अदालत, काठमाडौंबाट म्याद थप गरेर अनुसन्धान भइरहेको छ । अदालतले अनुसन्धानका लागि ५ दिनको अनुमति दिएको छ ।
अनुसन्धानका क्रममा प्रहरीले एक लाख २५ हजार रुपैयाँसहित चोरीमा प्रयोग भएको कार्कीको नाममा रहेको बा ३ च ६२७६ नम्बरको गाडी पनि बरामद गरेको छ ।

Post a Comment

0 Comments