Subscribe Us

ओमानले दियो नेपाललाई १९८ रनको लक्ष्य

काठमाण्डौँ।आईसीसी विश्व क्रिकेट लिग–२ अन्तर्गत नेपाल र ओमानबीचको खेलमा नेपालले जितका लागि १९८ रनको लक्ष्य पाएको छ ।  त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी खेलमा ओमानले ५० ओभरमा ९ विकेट गुमाएर १९७ रन बनाएको हो ।  नेपालले  टस जितेर पहिले फिल्डिङ रोजेको हो । 
नेपालका लागि करण केसीले सर्वाधिक ४ विकेट लिए । सुशन भारीले ३, दीपेन्द्रसिंह ऐरीले १ विकेट लिए।   नेपालका चर्चित लेग स्पीनर सन्दीप लामिछाने भने  विकेटविहीन बनेका छन् । १० ओभ बलिङ गर्दा बिना विकेट सन्दीपले ४५ रन दिए । 
करणले पहिलो ओभरको अन्तिम बलमा ओपनर जतिन्दर सिंहलाई बोल्ड आउट गरी नेपाललाई पहिलो सफलता दिलाएका थिए । त्यसैगरी करणले सातौं ओभरको चौथो बलमा खवार अलिलाई क्याच आउट गराए  
तेस्रो विकेटका रुपमा १३औं  ओभरमा अकिब इलयास रन आउट भए । 
छैटौं विकेटका लागि गौड र मोहमद नादिमले ६० रनको साझेदारी गरे। 
करण केसीले ४८औं ओभरमा २ विकेट लिए । उनले ४८औं ओभरको पहिलो बलमा १८ बलमा २८ रन बनाएर खेलिरहेका नसिम खुसीलाई क्याच आउट गराए भने चौथो बलमा भर्खरै मैदान प्रवेश गरेका खालीमुल्लाह  आउट गराए।  

Post a Comment

0 Comments