Subscribe Us

मिटरव्याजले लियो ज्यान विविध गिरोहसँग लिएको मिटरव्याज चुक्ता गर्न नसक्दा ऋणिले आत्महत्यासम्म गर्न थालेका छन्


ललितपुर । पछिल्लो समय मिटर ब्याजीको कारण आत्महत्या गर्नेको संख्या बढेको छ । गत महिनामात्र त्रिशुलीमा दुई छोराछोरी सहित एक दम्पतीले आत्महत्या गर्न त्रिशुलीमा हाम फाले । तर श्रीमानलाई भने स्थानीयले बचाएका थिए । यो त एक उदाहरण मात्र हो ।

मिटरब्याजको तनाबले पछिल्लो समय धेरैको अकालमा ज्यान गएको छ भने कोही पलायन भएका छन् । बैंकको झन्झटिलो ऋण प्रणालीले गर्दा काम सल्टाउन पछिल्ला समय केही व्यापारीले यस्तो महंगो ब्याजमा गिरोहसँग पैसा व्याजमा लिने गर्छन् । जसलाई मिटर ब्याज भनिन्छ ।

पछिल्लो समय मिटरब्याजीका नाईकेका रुपमा चिनिएका ललितपुरका महेशबहादुर सिंह र काभ्रेका वीरेन्द्रलाल श्रेष्ठपछि त्यहि शैलीमा मिटर ब्याजमा पैसा लगानी गरेर घर जग्गा हड्प्ने काममा ललितपुर इमाडोलका सुरेश मर्हजनको नाम अगाडि आउँछ । मर्हजन र उनका दाजु जीवन मर्हजनले अहिले दुई दर्जन सर्बसाधारणलाई घर न घाटको बनाएका छन् । महर्जन पीडितले पनि आफ्नो अवस्था आत्महत्या गर्नेसम्मको भइसकेको गुनासो गरेका छन् ।

महर्जनले सिंह र श्रेष्ठको शैलीमा मिटर ब्याजमा पैसा लगानी गरेर अदालतलाई भ्रममा पारी दर्जनौ सर्वसाधारणको घरबासे बिल्लीबाठ पार्दै आएको प्रमाण जनप्रहारसँग छ ।

एक जनालाई दिएको पैसाको महर्जनले घर परिवार सबैलाई भिन्नाभिन्नै कागज गराउने र पटक–पटक गरेर मुद्दा हाल्ने गर्दै आएका छन् । उनले जिल्ला अदालत काठमाडौं र ललितपुर मात्र २० करोड भन्दा बढीको मुद्दा दर्ता गराएका छन् ।

तर उनको योे पैसाको स्रोत भने अदालतले खोजेको छैन । गत बर्ष सर्वोच्च अदालतले मिटर ब्याजीका नाईके महेश सिंहले बिभिन्न अदालतमा हालेको ५० करोड भन्दा बढीको मुद्दाको मिशिल निकालेर सो सम्पत्तीको स्रोत मागेपछि सिंह फरार भएका थिए । अहिले उनको सो मुद्दाको बिषयमा सम्पत्ती शुद्धिकरणले अनुसन्धान गरिरहेको छ । पछिल्लो समय महर्जनको उक्त सम्पत्तीको अनुसन्धान बिभागमा भइरहेको छ ।

स्रोतका अनुसार उनले ललितपुर जिल्ला अदालतमा मात्र २० करोड भन्दा बढीको लेनदेन र बैदेशिक रोजगारीको मुद्दा दर्ता गराएका छन् । उनको यो पैसा स्रोत समेत खोजी हुन जरुरी रहेको पीडितलगायतले बताउँदै आएका छन् ।

ललितपुर महानगर–८ का पुनवीर महर्जनका छोरा पछिल्लो समय एकाएक नव धनाड्यको रुपमा देखा पर्नुको स्रोतको पनि खोजीनीति हुन आवश्यक रहेको पीडित बताउँछन् । उनले सामान्य व्यापारीलाई ब्याजमा पैसा लगानी गरेर मिटर ब्याजमा असुल्दै आएका छन् । उनलाई ६ महिना अगाडि एक अज्ञात समूहले ग्वार्कोमा खुकुरी प्रहार समेत गरेको थियो । केही भ्रष्ट प्रहरीको मिलोमतामो मर्हजनले मिटर ब्याजको धन्दा चलाउँदै आएका हुन् ।

उनले टेकुका व्यापारी केशव तन्डुकार, बुढानिलकण्ठका कपिल भण्डारी, ललितपुरका नारायण महर्जन, भिम सापकोटा देवेन श्रेष्ठलगायतलाई पीडित बनाएका छन् ।

Post a Comment

0 Comments