Subscribe Us

क्यासिनो किङ सिंहको अबैध एक करोड प्रहरीले गर्यो बरामत

काठमाडौं । सशस्त्र प्रहरी बलले अबैध एक करोड रुपैंया बरामत गरेको छ ।  झापाको काकडभिट्टाबाट बिरगंज लैजान लागेको उक्त परिमाणको अबैध रुपैंयाँ सशस्त्र प्रहरी बल ८ नम्बर गुल्म काकडभिट्टाले बरामत गरेको हो । 

सशस्त्र प्रहरीले उक्त अबैध रुपैंयासँगै उक्त रुपैंया ओसार पसारमा सगल्न एक गाडी सो गाडीका चालकलाई पनि नियन्त्रमा लिई थप अनुसन्धानको लागी सम्पत्ती सुद्धिकरण अनुसन्धान आयोगमा बुझाएको छ ।

 प्रहरीको अनुसन्धानबाट उक्त अबैध रकम झापाको काँकडभिट्टामा रहेको होटल रियाजमा सञ्चालिन क्यासिनो रियाजको हो । उक्त क्यासिनो सुरेन्द्र बहादुर सिंहको हो । सिंहले ह्यापी आवरको नाममा देशका चार सहरमा मिनी क्यासिनो सञ्चालन गर्दै आएका छन् । मिनी क्यासिनोलाई सधै घाटामा देखाउँदै सिंहले अबैध तरिकाबाट रुपैंयाँको सुद्धिकरण गर्दै आएका छन् । 

स्रोतका अनुसार क्यासिनोमा जितेको पैसा सिंहले हुण्डी मार्फत बिदेश लैजादै आएका छन्। उक्त रुपैंया पनि हुण्डी गर्न लैजादै गर्दा प्रहरीले बरामत गरेको हो । क्यासिनोले टाटाको स्टोर्म गाडी भाडामा लिएर अबैध धन्दामा लगाउँदै आएको समत यो काण्डले पुष्टि भएको छ । एक करोड अबैध रुपैंया पक्राउ परेपछि अहिले सिंह तनावमा परेका छन् । 

उक्त अबैध रुपैंयालाई बैध बनाई छुटाउन सिंह अहिले शक्ति केन्द्रमा धाउन थालेका छन् । तर उनको सपना सम्पत्ती सुद्धिकरण बिभागका निर्देशक रुपनारायण भट्टराईले तुहाउने निश्चित छ । पछिल्लो समय सम्पत्ती सुद्धिकरण बिभाग आक्रमक रुपमा अबैध सम्पत्तीको खोजि गर्दै त्यसलाई कानुनको दायरामा ल्याउन तल्लीन देखिन्छ । 


Post a Comment

0 Comments