Subscribe Us

अन्तर विद्यालयस्तरिय बास्केटबल प्रतियोगिताको उपाधी त्रिलोकलाई



काठमाडौँ, २६ माघ । अन्तरविद्यालयस्तरिय बास्केटबल प्रतियोगिताको उपाधी त्रिलोक माध्यामिक विद्यालय माछापोखरीले हात पारेको छ ।

बालाजु शैक्षिक मञ्चले आयोजना गरेको प्रतियोगिताको शनिबार भएको फाइनल खेलमा स्वाती सदन माध्यामिक विद्यालय माछापोखरीलाई हराउँदै त्रिलोक माविले उपाधी हात पारेको हो ।

प्रतियोगितमा स्वाती सदन विद्यालय दोस्रो र अद्धितीय माध्यामिक विद्यालय तेस्रो भएका छन् । प्रतियोगितामा त्रिलोक मावि, स्वाती सदन मावि, अद्धितीय मावि, नेशनल मोडल मावि र ब्राइट हेवन माविको सहभागीता रहेको थियो ।
प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय स्थान हाँसिल गर्ने विद्यालयका विद्यार्थीलाई मेडल, ट्रफि र प्रमाणपत्र प्रदान गरिएको थियो । पुरस्कार वितरण समारोहमा बोल्दै त्रिलोक विद्यालयका शिक्षा शाखा प्रमुख डा दशरथ न्यौपानेले औपचारिक शिक्षाका अवला खेलकुद प्रतियोगिताले विद्यार्थीको चौतर्फि विकासमा टेवा पुग्ने बताउनुभयो ।

Post a Comment

0 Comments