Subscribe Us

नेकपा कार्यकर्ताको भर्तीकेन्द्र बन्दै आयल निगम, कुन ठाउँमा कति भर्ती हेर्नुहोस् ....


काठमाडौँ, ३० फागुन । नेपाल सरकारको स्वामित्वमा रहेको नेपाल आयल निगम नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भर्तीकेन्द्र बनेको छ ।

कुनै समय घाटामा गएको निगम विस्तारै नाफामा जान खोज्दा वर्तमान कार्यकारी निर्देशकका रुपमा निगममा प्रवेश गरेका सुरेन्द्रकुमार पौडेलले कार्यकर्ता भर्ना गर्ने केन्द्र आयल निगमलाई बनाएका छन् ।

तत्कालिन नेकपा एमालेका नेता महेश बस्नेत उद्योगमन्त्री बन्दा उदयपुर सिमेन्ट कारखानामा महाप्रबन्धक बनेका पौडेलले आयल नियमको कार्यकारी अधिकृत बनेर आएपछि नेकपा कार्यकर्तालाई भर्ती गरेका छन् ।

एमाले पृष्ठभूमीका पौडेलले एमालेनिकट व्यक्तिलाई मात्र निगममा भर्ती गरेपछि पूर्व माओवादीनिकट कर्मचारीहरु पौडेलसँग रुष्ट बनेका छन् ।

पौडेल निगममा आएको झण्डै एक वर्षको विचमा १६६ जनालाई करार र ज्यालादारीमा भर्ती गरेका छन् ।

कुन कार्यालयमा कति भर्ना ?

केन्द्रीय कार्यालय ववरमहल–१५
विराटनगर – १५
झापा–८
जनकपुर–१०
विरगञ्ज–५
अमलेखगञ्ज–३९
थानकोट–११
सिनामंगल–१०
पोखरा–३
भैरहवा–१५
नेपालगञ्ज–८
सुर्खेत–१०
धनगढी–१६

Post a Comment

0 Comments