Subscribe Us

मोडेल अफ द इयरको अवार्ड नयन डिसीलाई


काठमाडौं । मोडल नयन डिसीले बेस्ट मोडेल अफ द इयरको अवार्ड हात पारेका छन् ।
तेश्रो संस्करणको हिमालयन अन्तर्राष्टिय म्यूजिक अवार्ड २०७६ अन्तर्गत मोडल डिसीले सर्बोकृष्ट म्युजिक भिडियो मोडल पुरुषतर्फको अवार्ड हात पारेका हुन् । दर्जनौ म्युजिक भिडियोमा अभिनय गरिसकेका डिसीले यो अवार्ड तिमिलाई देख्दा मात्र गीतबाट जितेका हुन् । उनले उक्त गीतमा निशा लामासँग दमदार अभिनय गरेका छन् । उक्त गीतमा कृष्ण काफ्ले र मेलिना राइले स्वर दिएका छन् ।
डिसीलाई कार्यक्रमका प्रमुख अतिथि एवं प्रतिनिधिसभा सदस्य बहादुर सिंह लामा र काँग्रेस नेता दिलमान प्राखिनले संयुक्त रुपमा अवार्ड हस्तान्तरण गरे । डिसी मोडलका अलवा एरोबिक्स डान्सका प्रशिक्षक समेत हुन् । उनले लामो समयदेखि एरोबिक्स डान्स सिकाउँदै आएका छन् ।
४१ बिद्यामा वितरण गरिएको म्यूजिक अवार्ड कार्यक्रममा गीतसंगीत क्षेत्रका स्थापित ब्यक्तिहरुको बाक्लो उपस्थिीति रहेको थियो । कार्यक्रममा बिभिन्न कलाकारहरुको सांगीतिक प्रस्तुतीले थप रौनकता थपेको थियो ।

Post a Comment

0 Comments