Subscribe Us

आयुक्तको सीआरभी टोली नै लुटपाट

मकवानपुर । महानगरी प्रहरी कार्यालय रानीपोखरीका प्रमुख डीआईजी विश्वराज पोखरेलले सिपाहीले गल्ती गरेपनि त्यसको जिम्मा कमाण्डरले लिनुपर्ने भन्दै आफू मातहतदलाई निर्देशन दिएको तिन साता नबित्दै आफ्नै घुमुवा टोली लुटपाटमा संगल्न भएको भेटिएको छ ।

डिआईजी पोखरेलले एसपी रेवती ढकालको कमाण्डमा खटाएको नयाँ सीआरभी टोली नै लुटपाट सगल्न भेटिएको हो । मकवानपुर प्रहरीले मकवानपुरको कैलाशमा हिरा लुटपाटमा संलग्न सीआरभी टोलीसहित एक पत्रकारलाई आज सार्वजनिक गरेको छ । 

उनिहरुले मकवानपुर कैलाश गाउँपालिका वडा नम्बर ५ चौकिटार गोगनेकी धनलक्ष्मी गुरूङको घरमा हिरा खरिद गर्न भन्दै लुटपाट गरेको अनुसन्धाबाट खुलासा भएको छ । पक्राउ पर्ने हरुमा ललितपुर महानगरपालिका भैसेपाटी बस्ने १९ बर्षीय सुजन आचार्य, सुर्खेत बीरेन्द्रनगर १२ बस्ने २६ बर्षीय सुरेन्द्र बसेल, जाजरकोट शिवालय –२ बस्ने २७ बर्षीय बीरबहादुर बस्नेत र दाङ सिजुवा गाउँपालिका–१ बस्ने २८ बर्षीय हिमकान्त पुन मगर रहेका छन् ।

पक्राउ परेका आचार्य पत्रकार भएको बताइएको छ भने अन्य प्रहरी हुन्  ।  प्रहरीले उनीहरूको साथबाट हिरा जस्तै देखिने एउटा सेतो टल्किने एक थान बस्तु । लोड अवस्थामा रहेको पेस्तोल एक थान, सञ्चारसेट ४ थान, क्यामरा १ थान, मेटल डिटेक्टर १ थान, मोबाइल ६ थान, ल्यापटप १ थान बरामद गरेको छ ।






Post a Comment

0 Comments