Subscribe Us

नुवाकोटमा निःशुल्क सात बस पठाइयो


काठमाडौँ, ९ चैत । विश्वव्यापी रुपमा फैलँदै गएको नोबेल कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमणलाई मध्यनजर गर्दै नुवाकोट र काभ्रेपलाञ्चोक जाने यात्रुलाई निःशुल्क बससेवा सञ्चालन गरिएको छ ।

गन्तव्य नेपाल गुप्रका अध्यक्ष शिव अधिकारीले ग्रेटफुल टुर्स एण्ड ट्रान्सपोर्ट प्रालिको सहकार्यमा नुवाकोटको त्रिशुलीमा र काभ्रेपलाञ्चोकको दोलालघाटसम्म जानका लागि आजदेखि निःशुल्क बससेवा सञ्चालन गर्नुभएको हो । आजमात्र नक्साल, बालाजु र कलङ्कीबाट नुवाकोटका लागि सात र काभ्रेपलाञ्चोकका लागि दुई बस पठाइएको छ ।

समाजसेवी तथा गन्तव्य नेपाल ग्रुपका अध्यक्ष अधिकारीले सवारी साधन नपाएर नुवाकोट र काभ्रेपलाञ्चोक जान रोकिएका यात्रुलाई मध्यनजर गरेर निःशुल्क बस सञ्चालन गरिएको जानकारी दिनुभयो ।

देशलाई दुःख परेको बेला आफुले सहयोग गर्न लागेको समाजसेवी अधिकारीको भनाई छ । अधिकारी नुवाकोट निवासी हुनुहुन्छ । भोलिपनि नुवाकोट र काभ्रेपलाञ्चोकका लागि निशुल्क बस सञ्चालन हुनेछन् ।

विश्वमा फैलिएको नोबेल कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण नेपालमा फैलन नदिन सरकारले चैत १० गतेदेखि लामो दूरीमा चल्ने सार्वजनिक सवारी साधन आवतजावतमा रोक लगाउने निर्णय समेत गरिसकेको छ ।

Post a Comment

0 Comments