Subscribe Us

विकासका काममा बाधक बन्दै अध्यक्ष सुनुवार

रामेछाप । विकास निमार्णको काममा सहयात्र र सहयोगीको भूमिका निर्वाहा गर्नु पर्ने जनप्रतिनिधिहरु नै बाधक भएको घटना एक पछि अर्को बाहिरिन थालेको छ । 

पछिल्लो समय शहरी क्षेत्रमा भन्दा पाहाडी तथा दुर्गम क्षेत्रमा स्थानिय सरकारको नाममा जनप्रतिनिधिहरु समाज सेवा र आफ्नो दायित्व छाडेर व्यक्तिगत स्वाथ पूरा गर्न लागेपछि राष्ट्रिय स्तरका विकास निर्माणका काममा समेत बाधा पुग्न थालेको छ । 

यस्तै एक घटना रामेछापको उमाकुण्ड गाँउपालिकामा देखिएको छ । स्थानिय जनप्रतिनिधि गुण्डागर्दी शैलिमा उत्रिएपछि उमाकुण्ड गाउँपालिका–१ मा राष्ट्रिय योजना सरहको एक हाईड्रोको निर्माणाधिन काममा अबरोध आउने संभाबना बढेको छ ।

 गाँउपालिकाका अध्यक्ष शेरबहादुर सुनुवार यतिबेला दुगड गुप्रले सञ्चालनमा ल्याउन लागेको १ सय ६० मेघावाटको पान हिमालयन हाईड्रोमा बिभिन्न गैर कानुनी माग राख्दै अबरोध सिर्जना गर्न थालेका छन् । 

केही बेरोजगार युवाहरुलाई आर्थिक प्रलोभनमा पारेर गाँउपालिका अध्यक्ष सुनुवारले हाईड्रोसँग बर्षौंदेखि बार्गेनिङ गर्दै आएको स्रोत बताउँछ । अध्यक्षको गुण्डागर्दीलाई प्रहरीले लगाम लगाउन थालेपछि अहिले अध्यक्ष सुनुवार प्रहरीमाथि नै खनिएका छन् । दुई तिहाई सरकारको दम्भ देखाउँदै सुनुवारले गैरकानुनी तरिकाबाट हाईड्रो र प्रहरी प्रशासनबिरुद्ध गत बुधबार एक प्रेस बिज्ञप्ति जारी गर्दै प्रहरीलाई अनेक आरोप लगाउन भ्याएका छन् । 

प्रहरीले हाईड्रोपावर कम्पनीसँग मिलोमतो गरी स्थानियलाई दुःख दिएको आरोप लगाएका सुनुवारले गत महिना हाईड्रोमा कार्यरत सुरक्षाकर्मीले खाएको खानाको बिललाई लिएर भएको बिबादमा केही भाडाका गुण्डाको प्रयोग गरी हाईड्रोमा तोडफोड गराएको स्रोत बताउँछ । 

हाईडो तोडफोडमा उत्रिका चार जनालाई प्रहरीले गत मंगलबार पक्राउ गरेको थियो । त्यस लगत्तै अध्यक्ष सुनुवारले पक्राउ परेका चारै जनालाई तत्कालै नछाडे प्रमुख जिल्ला अधिकारी जिल्ला प्रहरी प्रमुख डिएसपीलाई हाईड्रोमा आगजनी गर्नेसम्मको धम्की दिएका थिए । उनले घुमारो पारामा आक्रोशित स्थानियले हाईड्रोमा आगो लगाउन सक्ने भन्दै आगो लगाएमा आफूले बचाउन नसक्ने र यसको जिम्मा प्रहरी नै हुनुपर्ने भन्दै धम्क्याएको स्रोत बताउँछ । 

त्यसो त प्रहरीले पक्राउ परेकाहरुलाई उमाकुण्ड गाँउपालिकाबाट जिल्लामा ल्याएर जिल्ला प्रशासन कार्यालयमा उपस्थित गराई अध्यक्ष सुनुवारको जिम्मामा अब आईन्दा कुनै पनि गैर कानुनी काम नर्गर्ने सर्तमा छाडिएको थियो । तर, जिम्मा लिएको भोलिपल्टै अर्थात गत बुधवार पुनः गाँउपालिका अध्यक्ष सुनुवारकै योजनामा स्थानीयहरुले प्रहरी र हाईड्रोबिरुद्ध पे्रस बिज्ञप्ती जारी गरेका हुन् । 

आफ्नो जिल्ला तथा क्षेत्रमा बन्दै गरेको गौरबको आयोजनाको संरक्षण गर्दै विकास निमार्णको काममा सहयोग पु¥याउनु पर्ने जनप्रतिनिधि सुनुवार नै आफ्ना केही दुषित स्वार्थ पूरा गर्न स्थानिय जनताको नाममा गुण्डागर्दीमा उत्रिएपछि एमभी दुगड भने सुनुवारबिरुद्ध उर्जा मन्त्रालय, प्रधानमन्त्री कार्यालय र नेकपाको केद्रीन्य कार्यालयमा उजुरी हाल्ने तयारीमा छन् । 

Post a Comment

0 Comments