Subscribe Us

कोरोना नियन्त्रणका लागि गण्डकी प्रदेशले चालेको कदम अपर्याप्त


डाक्टर, प्रहरी र एम्बुलेन्स चालकको सुरक्षा खै ? 

गोरखा, १२ चैत । गण्डकी प्रदेशका सांसद प्रकाशचन्द्र दवाडीले नोबेल कोरोना भाइरस (कोभिड–१९)को सम्भावित सङ्क्रमण रोकथामका लागि गण्डकी प्रदेशले चालेको कदम अपर्याप्त भएको बताउनुभएको छ ।


गोरखा क्षेत्र नं २ प्रदेश (ख) मा काँग्रेसको तर्फबाट निर्वाचित सांसद दवाडीले आज एक विज्ञप्ती जारी गरी विश्वभर महामारीका रुपमा फैलँदै गएको कोरोना भाइरस नेपालमा पनि आउन सक्ने कुरा हुँदाहुँदै पनि सरकार अहिलेसम्म सुस्त भएर बसेको आरोप लगाउनुभयो ।

“कोरोना चेकजाँचका क्रममा डाक्टरले लगाउने कपडा र सुरक्षाकर्मीलाई माक्स समेत गण्डकी प्रदेशले उपलब्ध गराउन नसक्नु दुःखको कुरा हो,”–उहाँले भन्नुभयो । उहाँले सङ्क्रमणको डर एम्बुलेन्स चालकलाई समेत हुने भएकाले सरकारले उनीहरुलाई विशेष पोशाकको व्यवस्था गर्नुपर्ने उल्लेख गर्नुभयो ।

सरकारले विदेशबाट भर्खरै नेपाल आएका व्यक्तिको विवरण यथाशक्य छिटो सङ्कलन गरेर ल्याव टेस्टको व्यवस्था मिलाउनुपर्ने उहाँको भनाई थियो ।

कोरोना सङ्क्रमण नियन्त्रणका लागि सरकारले विशेष योजना बनाउनुपर्ने उहाँको भनाई थियो । उहाँले प्रदेश सरकार कोरोना नियन्त्रणका लागि केन्द्रीय सरकारको भर परेको बताउनुभयो ।

सांसद दवाडीले गण्डकी प्रदेशमा कोरोना सङ्क्रमण रोकथामका लागि प्रमुख प्रतिपक्षी दल काँग्रेसले समेत सरकारलाई साथ र सहयोग रहने स्पष्ट पार्नुभयो । 

उहाँले सिंगो विश्वनै कोरोनासँग जुधिरहँदा आफ्नो सुरक्षाका लागि घरभित्र बस्न सिङ्गो देशबासीलाई आग्रह समेत गर्नुभएको छ ।

“तपाईको अवस्था कस्तो छ ? कहाँ हुनुहुन्छ ? केही समस्या छ की ? साह्रै अफ्ठयारो परेमा भन्नुहोला, मिलेर समस्याको समाधान खोज्ने प्रयास गरौँला, फोन गरेन, सम्झेन भनेर नभन्नुहोला । जहाँ भएपनि सुरक्षित रहनुहोला, उपयुक्त समय मिलाएर फेरी भेटौँला,”– सांसद दवाडीले भन्नुभएको छ ।

Post a Comment

0 Comments