Subscribe Us

कोरोनाबाट जोगिन समदूरी कायम राखौँ : सांसद आचार्य


काठमाडौँ, १४ चैत । नेपाली काँग्रेसका सांसद मोहन आचार्यले नोबेल कोरोना भाइरस (कोभिड–१९)को सम्भावित सङ्क्रमणबाट जोगिन देशबासीलाई आग्रह गर्नुभएको छ ।

रसुवाबाट प्रतिनिधी सभाको निर्वाचनमा निर्वाचित सांसद आचार्यले आज एक विज्ञप्ती जारी गर्दै विश्वभर महामारीका रुपमा फैलिँदै  गएको कोरोना भाइरस नेपालमा पनि आउनसक्ने भन्दै जोगिनका लागि आग्रह गर्नुभएको हो ।

“चीनको वुहान प्रान्तबाट फैलँदै गएको कोरोनाको उपचार अहिलेसम्म पत्ता लगाउन सकिएको छैन, सरुवा रोग भएको कारण रोग सर्न नदिन समदूरी कायम राख्न म सबैलाई अनुरोध गर्दछु,”–सांसद आचार्यले भन्नुभएको छ ।

उहाँले देशैभरीका अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र एम्बुलेन्स चालकको सुरक्षाका लागि सरकारले तत्काल आवश्यक सामाग्री खरिद गर्नुपर्ने उल्लेख गर्नुभयो । सांसद आचार्यले सरकारले विदेशबाट भर्खरै नेपाल आएका व्यक्तिको विवरण यथाशक्य छिटो सङ्कलन गरेर ल्याव टेस्टको व्यवस्था मिलाउनुपर्ने बताउनुभयो ।

कोरोना सङ्क्रमण नियन्त्रणका लागि सरकारले विशेष योजना बनाउनुपर्ने उहाँको भनाई थियो । कोरोना सङ्क्रमण रोकथामका लागि प्रमुख प्रतिपक्षी दल काँग्रेसले समेत सरकारलाई साथ र सहयोग रहने स्पष्ट पार्नुभयो । 

उहाँले सिंगो विश्वनै कोरोनासँग जुधिरहँदा आफ्नो सुरक्षाका लागि घरभित्र बस्न सिङ्गो देशबासीलाई आग्रह समेत गर्नुभएको छ ।

Post a Comment

0 Comments