Subscribe Us

निर्विवाद लयमा आईजी ज्ञवाली,
बिश्वास पात्रबाटै बदनाम हुने संकेत

काठमाडौं । प्रहरी अतिरिक्त महानिरिक्षक (एआईजी) बढुवा सिफारिस निर्विवाद भएपछि यहि साता प्रहरी नायव महानिरिक्षक (डिआईजी) बढुवा हुने भएको छ ।

नेपाल प्रहरीको २७औं महानिरिक्षक (आईजी)मा ठाकुरप्रसाद ज्ञावलीले जिम्मेवारी सम्हालेको दुई साता पनि पूरा नभई एआईजी बढुवा निर्विवाद बनेको छ ।

नियम संगत रुपमा डिआईजीको रोलक्रमअनुसार बढुवा सिफारिस भएपछि अहिले आईजी ज्ञावलीको प्रहरी संगठन भित्र हाई हाई भएको छ । 

निवर्तमान आईजी सर्वेन्द्र खनाललको पालमा एआईजी बढुवा ६ महिनासम्म लम्बिएको थियो । व्यक्तिगत रिसिइबी तथा बढुवामा अस्वभाविक प्रतिस्पर्धाका कारण बढुवा लम्बिएको थयो । जसका कारण आईजी भएदेखि नै खनालविरुद्ध एआईजीका दाबेदार रहेका तत्कालिन डिआईजी लागेका थिए ।

तत्कालिन आईजी खनालको पालामा पहिलो पटक भएको बढुवादेखि सरुवासम्म विवादमा देखिए ।  आईजी भए लगत्तै गरिएको एसपी सरुवामा सबै भन्दा बढी विवाद देखिएको थियो । चुनौतीपूर्ण जिल्लामा उपराष्ट्रपति नन्दबहादुर पुनपुत्र दिपेश पुन र गृहमन्त्रीपुत्र प्रतीक थापाको सिफारिसमा कास्कीमा विवादीत छविका एसपी ओम राणा र मकवानपुरमा लोकेन्द्र श्रेष्ठलाई पठाईएको थियो ।
 कालिमाटी प्रहरी बृत्तका डीएसपी रुगम कुँवर र बौद्ध बृत्तका डिएसपी रमेशबहादुर सिंहलाई कुनै बहाना बनाएर तान्नु पर्छ भन्दै अहिले आईजी सचिवालयका केही प्रहरी लागेको स्रोत बताउँछ । यस्ता अनाबाश्यक चलखेल भएमा आईजी ज्ञावली पनि बदनाम हुने संकेत गर्दछ । 

राना र श्रेष्ठको सरुवालाई लिएर आईजी खनालको दवङ शैलीमा दाग लागेको थियो । तत्कालिन समयमा मकवानपुरबाट एसपी श्रेष्ठ  तीन महिनामा तानिए भने राणाले शक्तिको आडमा पोखरामा टिकि राखे । खनालको पालामा नीति नियम र प्रहरीका भवन निमार्णका काम तिब्र रुपमा अगाडि बढे पनि बढुवा सरुवा भने सँधै विवादमा रहे । 

क्षमतावान प्रहरीलाई पछाडी पार्दै चाकरी र चाप्लुसी गर्ने तथा पँहुचको भरमा धेरै प्रहरी अधिकृतले बढुवा र पोस्टिङ पाएका थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत, प्रधानमन्त्री कार्यलमा कार्यरत तथा नेताका चाकरी र चाप्लुसी गर्नेले खनालको पालामा बढुवामा अगाडि बढेको र राम्रा पोस्टिङ भएका उदाहरण धेरै छन् । व्याचीलाई बढुवामा अड्काएर दुई ब्याच जुनियरबाट एक जना (विश्वराज पोखरेल)लाई मात्र टपक्क टिपेर डिआईजी बनाएपछि खनालको प्रहरी संगठनमा विरोध भएको थियो । 

राम्रा प्रहरी अधिकृतलाई पछि पार्दै आफ्नो कुर्सी जोगाउन खनालले विश्वास पात्रलाई समेत धोका दिए । एसपी हुँदा बदमास प्रहरीको फूली थुतेर डिमोशन गर्ने हैसियत राख्ने सिंघम छबिका रुपमा परिचित खनाल आईजीमा बढुवा र सरुवा काण्डले नै धेरै आलोचित भए । 

प्रहरी संगठमा रहेका उच्च प्रहरी अधिकृतलाई पाखा लगाएर संगठन एकलौटी चलाएपछि संगठनबाट अन्तिम बिदाईको कार्यक्रम पनि खल्लो भयो । नेपाल प्रहरीको इतिहासमै खनालको विदाई कार्यक्रममा अबकाश प्राप्त हुन लागेका अधिकृतदेखि बाहलवालले बहिस्कार गरेका थिए । उनले नै टपक्क टिपेर डिआईजी बनाएर आयुक्त कार्यलयको जिम्मेवारी दिएका पोखरेल समेत विदाई कार्यक्रममा उपस्थित भएनन् । जसका कारण आईजी खनालको संगठनमा रहँदा तथा अवकाश पश्चात पनि विवादित हुन पुगे । 

यता प्रहरी ऐन परिवर्तन नभए २४ असारमा अवकाश पाउने आईजी ज्ञावलीको नेतृत्वमा भएको एआईजी बढुवा विवाद रहित भएपछि अब डिआईजीदेखि ईन्सपेक्टरसम्मको बढुवा छिटै निस्कने तयारीमा छ । छोटो समयका लागि नेपाल प्रहरीको नेतृत्व सम्हाल्न लागेका आईजी ज्ञावलीले विदाई निरश र खल्लो नहोस् भन्ने हिसाबले काम गरिरहेका छन् । ‘उहाँका लागि यो चुनौति पनि छ । तर राम्रो गर्नुहुनेछ’, प्रहरी अधिकारी भन्छन् । विषेशगरी आईजी ज्ञावलीले प्रहरीको सरुवा बढुवामा ध्यान दिनुपर्ने हुन सक्छ ।

आईजी ज्ञावलीले विश्वास गरेका केही प्रहरी अधिकृतले भने उनको बदनाम गराउने सम्भावना बढेको छ ।  ज्ञावली निकट केही प्रहरी अधिकृतले निबर्तमान आईजीपी सर्बेन्द्र खनालको ट्याक लगाउँदै केही प्रहरीलाई अनाबाश्यक दुःख दिने योजना बनाएसकेको स्रोत बताउँछ । कालिमाटी प्रहरी बृत्तका डीएसपी रुगम कुँवर र बौद्ध बृत्तका डिएसपी रमेशबहादुर सिंहलाई कुनै बहाना बनाएर तान्नु पर्छ भन्दै अहिले आईजी सचिवालयका केही प्रहरी लागेको स्रोत बताउँछ । यस्ता अनाबाश्यक चलखेल भएमा आईजी ज्ञावली पनि बदनाम हुने संकेत गर्दछ । 

Post a Comment

0 Comments