Subscribe Us

राहत बाड्न हिडेका रसुवाका प्रदेश सांसदमाथि प्रहरीको रोक


रसुवा १७ चैत । जनताको माग अनुसार कोरोना बिरुद्ध लड्न राहत बाड्न गाउँ गएका रसुवाका सांसदमाथि रसुवा प्रह्री प्रशासनले रोक लगाएको छ ।

जिल्लाको गोसाइँकुण्ड गाउँपालिका स्थित बृद्धिमबाट सदरमुकाम धुन्चे फर्कदै गरेका प्रदेश सभा सदस्य प्रेम तामाङलाई आइतबार बेलुकि करिब ८ बजे स्याफ्रुबेशी प्रहरीले रोक लगाएको हो । माथिको आदेश छ हिरासतमा राख्नु भन्ने भन्दै स्याफ्रुबेशी प्रहरीले पास थुतेर करिब एक घण्टा हिरासतमा लिएको सांसद तामाङले बताए ।

जनताको माग अनुसार मास्क र साबुन पुर्याउन बृद्धिम गएको थिए , बृद्धिममा पनि मान्छे जम्मा गरेको थिएन् , त्यहाँको वडाध्यक्ष दुईजना वडा सदस्यलाई यो सामान भिडभाड नगरि जनताको घरघरमा पुर्याइदिनुस है भनेर फर्कदै थिए, उनले भने, स्याफ्रुबेशीमा प्रह्रीले गाडि रोक्यो, त्यहाँ सेनाको मेजर र प्रहरीको सई थिए । उनीहरुले रोकेर पास दिनुस भने मैले दिए । अनि केहि समयमा किन पास रोक्नुभएके भन्दा तपाइलाई हिरासतमा राख्ने आदेश छ  भन्नुभयो ।

माथिको आदेश भन्दै प्रह्रीले हिरासतमा लिएपछि सांसद तामाङले जिल्लाको सिडियो अर्जुन भण्डारीलाई फोन गरे । सुरुमा यस्तो भयो के हो भन्दा सिडियोले ए होर भन्ने कुरा मात्र गरेको र पुन केहि समयपछि फोन गर्दा फोन नउठाएको सांसद तामाङले बताए ।
उनले भने मलाई लगभग एक घण्टा प्रह्री चेकपोष्टमा रोकेर राखे, अन्तिममा सवारी पास चाहि उहाँहरुले राख्नुभयो, अनि तपाई जानुस भनेर मलाई पठाए । ज्यालादारी गरेर खाने मागेर राखे मान्छे जो यो लकडाउनको कारणले गर्दा भोको छन् ति मानिसलाई मैले पेट भर्ने सामान पनि पठाउन नपाउने भए । म घरमै थुनिएर बस्न पर्ने भो । मैले मेरो जनताको दुखमा साथ दिन नपाउने भए ।

स्याफ्रुबेशी प्रहरीको हिरासत पछि मुक्त भएका तामाङलाई सदरमुकाम धुन्चे स्थित शसस्त्र प्रह्रीले पुन रोकेको छ ।

Post a Comment

0 Comments