Subscribe Us

पूर्वमन्त्री खड्काद्धारा कोरोना नियन्त्रण कोषलाई रु पाँच लाख सहयोग



काठमाडौँ, १७ चैत । नेपाली काँग्रेसका नेता एवम् पूर्व खानेपानी तथा सरसफाई राज्यमन्त्री दिपक खड्काले सरकारले स्थापना गरेको  ‘कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’मा रु पाँच लाख आर्थिक सहयोग गर्नुभएको छ ।

विस २०७० सालमा संखुवासभा क्षेत्र नं २ बाट निर्वाचित सांसदसमेत रहनुभएका खड्काले राष्ट्रिय विपत्तीको घडीमा सरकारलाई थोरै भएपनि सहयोग पुग्ने उदेश्यले उक्त रकम सहयोग गर्नुभएको हो ।

पूर्वमन्त्री खड्काले विश्वव्यापी रुपमा फैँलदै गएको नोबेल कोरोना भाइरस (कोभिड–१९)को कारण कसैलेपनि खान र उपचार नपाएर मर्न नपरोस् भन्ने उदेश्यले आफुले सरकारी कोषमा रकम सहयोग गरेको जानकारी दिनुभयो ।

“म विस २०७० सालमा संखुवासभाबाट निर्वाचित जनप्रतिनिधी हुँ, संखुवासभालगायत सबै जिल्लाका स्वास्थ्य संस्थामा तत्काल स्वास्थ्य उपकरण पु¥याउन सरकारसँग माग गर्दछु,”–उहाँले भन्नुभयो । राष्ट्रिय विपत्तीको बेलामा सबैले सरकारलाई आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नसमेत उहाँले आग्रह गर्नुभयो ।

उहाँले सरकारको निर्देशनको पालना गर्दै घरमै सुरक्षित बस्न पनि सबैलाई अपिल गर्नुभएको छ । यसअघि उहाँले संखुवासभाबाट काठमाडौँ आई पढ्न बसेका विद्यार्थी र मजदूरलाई सहयोग गर्ने घोषणा गर्नुभएको छ ।

पूर्व राज्यमन्त्री खड्काले कोरोना भाइरसको सङ्क्रमण जोखिम नेपालमा पनि रहेकाले सङ्क्रमणबाट आतङ्कित नभई सावधानी अपनाउन पनि सबैलाई सचेत गराउनुभएको छ ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको नोबेल कोरोना भाइरस (कोभिड–१९) रोगको सङ्क्रमणलाई फैलन नदिन तथा रोकथाम एवम् नियन्त्रणका लागि नेपाल सरकारले राष्ट्रिय वाणिज्य बैँक सिंहदरवार शाखाको खाता नम्बर १९६०००००११०१ मा उपचार कोष स्थापना गर्दै रकम जम्मा गर्न अपिल गरेको छ ।

Post a Comment

0 Comments