Subscribe Us

नागढुङ्गामा ‘हेल्थ डेक्स’ स्थापना


काठमाडौँ, ९ चैत । नोबेल कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमणलाई ध्यानमा राखेर काठमाडौँ उपत्यका भित्रिने मुख्य प्रवेशद्धार नागढुङ्गामा ‘हेल्थ डेक्स’ स्थापना गरिएको छ ।

चन्द्रागिरी नगरपालिकाको आयोजनामा स्थापना भएको उक्त ‘हेल्थ डेक्स’को आज विहान चन्द्रागिरी नगरपालिकाका प्रमुख घनश्याम गिरीले शुभारम्भ गर्नुभयो ।

नागढुङ्गामा ‘हेल्थ डेक्स’को स्थापनासँगै उपत्यका भित्रिने सवारी साधनका चालक, सहचालक तथा यात्रुको चेकजाँचमा सहयोग पुग्ने भएको छ ।

चन्द्रागिरी नगरपालिकाका प्रमुख गिरीले कोरोना सङ्क्रमणको जोखिमलाई ध्यानमा राखेर उपत्यकाको प्रमुख नाका नागढुङ्गामा ‘हेल्थ डेक्स’ स्थापना गरिएको बताउनुभयो ।

“सार्वजनिक बसमा एकैपटक धेरै यात्रुहरु ओहोरदोहोर गर्ने भएकाले ज्वरोलगायतका विभिन्न रोग परिक्षणका लागि ‘हेल्थ डेक्स’ले सहयोग पुग्नेछ,”–उहाँले भन्नुभयो ।

चन्द्रागिरी नगरपालिकाका प्रवक्ता, हरिभक्त महर्जनले ‘हेल्थ डेक्स’ स्थापनासँगै चार समूह बनाएर २४ सै घण्टा यात्रु, चालक र सहचालकको स्वास्थ्य परिक्षण गर्ने बताउनुभयो ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले ‘हेल्थ डेक्स’को स्थापनासँगै काठमाडौँ भित्रिने तथा बाहिरीने यात्रुको स्वास्थ्य परिक्षणमा सहयोग पुग्ने बताउनुभयो । चन्द्रागिरीले ‘हेल्थ डेक्स’मा बस्नका लागि १५ जना स्वास्थ्यकर्मी समेत परिचालन गरिसकेको छ ।


Post a Comment

0 Comments