Subscribe Us

नेपाल राष्ट्रिय व्यवसायी महासङ्घको दोस्रो महाधिवेशन स्थगित



काठमाडौँ, २ चैत । नेपाल राष्ट्रिय व्यवसायी महासङ्घको चैत १४ मा हुने भनिएको दोस्रो राष्ट्रिय महाधिवेशन अनिश्चितकालका लागि स्थगित भएको छ ।

महासङ्घको आज केन्द्रीय कार्यालय सुन्धारामा बसेको सचिवालय बैठकले विश्वभर फैलँदै गएको नोवेल कोरोना भाइरस (कोभिड–१९) लाई मध्यनजर गर्दै महाधिवेशन तत्कालका लागि स्थगित गर्ने निर्णय गरेको हो । महाधिवेशनको मिति भने अर्को बैठकले तय गर्नेछ ।

कोरोना भाइरसको कारण देखाउँदै बजारमा उपभोग्य सामाग्रीको अभाव हुँदै गएको भन्दै अभाव गराउने उद्योगी व्यवसायीलाई कारबाही गर्ने बैठकले निर्णय गरेको छ ।

यस्तै, बैठकले बजारमा माक्सको अभाव हुँदै गएको भन्दै सामान उत्पादन गर्ने गार्मेन्ट उद्योगलाई माक्सको समेत उत्पादन गरी आम उपभोक्ता माझ पु¥याउन निर्देशन दिएको छ । व्यवसायीसँग प्रशस्त सामान भएकाले तत्कालका लागि सामाग्रीको अभाव नहुने महासङ्घका अध्यक्ष नरेश कटुवाल बताउनुहुन्छ ।

बैठकले हात नमिलाई नमस्कार गर्न, माक्सको प्रयोग गर्न, राम्रोसँग साबुन पानीले हात धोएर मात्र खानेकुरा खान, सफा होटलमा खानेकुरा खान, मासुजन्य पदार्थ राम्रोसँग पकाएर मात्र खान सबै उद्योगी व्यवसायीलाई आग्रह समेत गरेको छ ।

विस २०७४ सालमा स्थापना भएको महासङ्घमा हाल देशभरका २० भन्दा बढी सङ्घ आवद्ध रहेका छन् । महासङ्घले उद्योगी व्यवसायीको हक हितका लागि विभिन्न कार्यक्रमको समेत आयोजना गर्दै आइरहेको छ ।

Post a Comment

0 Comments