Subscribe Us

‘लकडाउन’को अवस्थामा मुलुक,
६६ मुलुकबाट नेपाल आउन प्रतिबन्ध

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार साँझ राष्ट्रको नाममा सम्बोधन गरेपछि मुलुक अघोषित रुपमा सेमी ‘लकडाउन’ भएको छ । 

आईतबारबाट लामो दुरीका सवारी साधान सञ्चालनमा रोक लगाउनुका साथै अन्र्तराष्ट्रिय हवाई उडान बन्द भएपछि यो अवस्थामा पुग्यो भने आइतबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले एक हप्ताको लागि नेपाल भारत चीन त्रिदेशीय नाका बन्द भएपछि भने अघोषित लक डाउनमा परिणत भएको हो  । विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ (कोरोना) भाइरसबाट बच्न सरकारले मुलुक अघोषित रुपमा ‘लकडउान’ गरेको छ ।

स्कूल, कलेज, भीडभाड हुने सबै क्षेत्रमा कडाइ गर्ने, पार्टी प्यालेस बन्द गर्ने र २५ जना भन्दा बढी भेला हुन नपाउने निर्णय गरेको लगत्तै सरकारले कोरोना संक्रमणको जोखिम कम गर्न नेपाल–भारत सीमा क्षेत्रमा थप कडाइ गर्ने निर्णय गरिसकेको अवस्थामा मुलुक ‘लकडाउन’ उन्मुख भएको थियो ।

राजनीतिक दलका शीर्ष नेताहरुले भेटघाट बन्द गरेका छन, भने सरकारी कार्यालयमा मास्क विना प्रवेश निषेध गरी संवभाति क्षति न्यूनिकरणमा लागिएको छ । सरकारले उच्च स्तरीय संयन्त्र बनाएर अनुगमनको काम शुरु गरेको छ । प्रहरी कार्यालयमा मास्क विना प्रवेश प्रतिबन्ध जस्तै छ भने सिंहदरवारसिथत सरकारी कार्यालयमा पनि मास्क अनिवार्य गरिएको छ । साथै सबैजसो कार्यालया साबुन पानीले हात धुने व्यवस्था गरिएको छ । 

उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समिति, राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसहित विभिन्न पक्षको बैठकले नेपाल–भारतबीचका वीरगन्जको रक्सौल, भैरहवाको सुनौली, कञ्चनपुरको महेन्द्रनगरस्थित बनबासा र झापाको काँकडभिट्टाबाहेक बाँकी सबै नाकामा कडाइ गरेको थियो । 

चारवटाबाहेक अन्य नाकाबाट आवतजावत केही समयका लागि बन्द गर्न गृह मन्त्रालयले प्रस्ताव गरिसकेको छ । भैरहवाबाट ६० किलोमिटर पर भारतीय गाउँमा ६ जनालाई कोरोना संक्रमण देखिएको सन्दर्भ जोडेर भारततर्फका सबै नाकामा तत्काल कडाइ गर्ने निर्णय गरेको हो । 

 नेपाल र भारतका परराष्ट्र मन्त्रीहरुले अत्यावश्यक सामान आपूर्ति बाहेक दुई देशबाट सञ्चालनमा आएका नेपाल भारत मैत्री वस सेवा सञ्चालनमा पनि रोक लगाइएको छ ।  आवतजावत र अत्यावश्यक सामग्री ल्याउन अन्य केही नाका पनि खुला गर्ने विषयमा नेपाल र भारतका अधिकारीबीच छलफल भइरहेको छ । खाद्यान्न लगायतका सामान ढुवानीका लागि भने सबै नाका खुला रहनेछन । गृहमन्त्रालयमा दैनिकजसो कोरोना भाइरसको संक्रमण नियन्त्रणबारे बैठक र छलफल भैरहेका छन् । 

नेपालका पूर्वीभन्दा पश्चिम नाका बढी संवेदनशील रहेको विश्लेषणसहित पश्चिम क्षेत्रका नाकामा बढी कडाइ गर्ने निर्णय भएको थियो । ‘पश्चिम नेपालका धेरैजसो मानिस रोजगारीका लागि भारत जाने गरेको र त्यहाँबाट फर्किंदा नेपालमा संक्रमण फैलिनसक्ने आशंका गरिएको हो’, मन्त्रालय स्रोतले भन्यो, ‘भारतमा रोजगारीका लागि जाने नेपाली पनि संक्रमित हुने सम्भावना बढेको छ । त्यसकारण पश्चिम नेपालका सीमा नाकामा कडाइ गर्न आवश्यक भएको हो ।’ 

गृह मन्त्रालयमा बसेको बैठकमा मन्त्रालयका सचिव र सुरक्षा अधिकारीहरूले सक्रमणबाट बच्न सुरक्षा निकाय र स्वास्थय अधिकारीहरुलाई आवश्यक सामाग्रीको व्यवस्था गर्न माग गरेका छन् । बैठकले नेपाल–भारतका सीमा नाकामा कडाइ गर्न सबै प्रकारका सावधानी अपनाउने निर्णय मात्रै गरेको छैन सीमा नाका बन्द नै गरिसकेको छ । स्थानीय तहका सबै सरकारले आफ्नो गाउँपालिकमा वा नगरपालिकाभित्र विदेशी नागरिकलाई हेल्थ रिपोर्ट लिएर मात्रै आउन आग्रह गरेका छन् । प्रदेश तथा संघीय सरकारले नागरिकलाई सचेत गराउन थालिसकेका छन् । 
कोरोनाको सम्भाव्य प्रकोपलाई दृष्टिगत गर्दै सरकारले यूरोप, पश्चिम एशिया तथा खाडी क्षेत्र लगायत ६६ मुलुकबाट नेपाल प्रवेशमा प्रतिबन्ध लगाएको छ । यो व्यवस्था २०७६ चैत ७ गतेबाट लागु भैसकेको छ । 

प्रतिबन्धित देशका नागरिक मात्र होइनन, त्यहाँ रहेका नेपाली, गैरआवासीय नेपालीलाई समेत नेपाल आउन रोकिनेछन । साथै, प्रतिबन्ध लगाइएका देशलाई ट्रान्जिट बनाएर पनि नेपाल आउन पाइनेछैन । अध्यागमन कार्यालयका अनुसार कुल ६६ मुलुकका नागरिक र त्यहाँबाट आउने जुनसुकै मुलुकका नागरिकलाई समेत प्रतिबन्ध लागेको छ । प्राधिकरणका अनुसार यूरोपका ४५ देशबाट नेपाल आउन रोक लगाइएको छ । पश्चिम एशिया र खाडीका १९ देशका साथै जापान र कोरियाबाट पनि आउन पाइने छैन ।
त्यसैगरी विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको प्रभावले काठमाडौ शहर सुनसान भएको छ । स्कूल, कलेज,पार्टी प्यालेश र ठूला होटल बन्द भएपछि राजधानी शहर छाडेर गाउँ जानेहरुको संख्या दिनदिनै बढेपछि काठमाडौ सुनसान भएको हो । 
चैत ५ गतेदेखि हुने भनिएको एसईई परीक्षा तथा त्रिभुवन विश्वविद्यालयबाट लिइने विभिन्न तहका परीक्षाहरु स्थागित भए । परीक्षा स्थगित भएपछि विद्यार्थीहरु गाउँ फर्कन थाले । चैत ५ गते नै विद्यालय तहको परीक्षा सकिएपछि अभिभावहरुले आफ्ना बच्चाहरुलाई गाउँ पठाउने व्यवस्था गरे । जसका कारण चैत ६ गते काठमाडौबाट बाहिरिने यात्रुको संख्या अघिल्ला दिनको भन्दा झण्डै तेब्बर भयो । सरकारले पार्टी प्यालेश र ठूला होटल बन्द गर्ने निर्णय गरेपछि त्यहाँ काम गर्ने मजदूर पनि घर फर्कन थाले । जसका कारण गत सोमबार, मंगलबार र बुधबारदेखि सामान्य संख्यामा चाप रहेको लामो दूरीमा आइतबार साँझ शनिवारसम्म त्यसको संख्या तेब्बर भएर करिब ८ लाख मानिस काठमाडौबाहिर गए ।

Post a Comment

0 Comments